Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाली जनप्रगतिशिल मञ्च ओमानको अध्यक्षमा उमेश विश्वकर्मा 

नेपाली जनप्रगतिशिल मञ्च ओमानको अध्यक्षमा उमेश विश्वकर्मा 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २४, २०७८ शुक्रवार • २३:४२:५६ बजे
  • 1.3K
    SHARES
  • नेपाली जनप्रगतिशिल मञ्च ओमानको अध्यक्षमा उमेश विश्वकर्मा 


    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को प्रवास समिति नेपाली जनप्रगतिशिल मञ्च राष्ट्रिय समिती ओमानको दोस्रो अधिबेसन सम्पन्न भएको छ ।

    images

    शुक्रबार (डिसेम्बर १० ,शुक्रवार) ओमानको मस्कट घाला स्थित अजेवा होटेलमा सम्पन्न अधिवेशनबाट उमेश विश्वकर्माको नेतृत्वमा नयाँ कार्यसमति चयन गरिएको छ ।

    t4.jpg
    अधिबेशनले २७ कार्यसमितिको नयाँ नेतृत्व पाएको छ ।

    अधिबेशन बाट निर्वाचित सदस्यहरु 

    १,अध्यक्ष उमेश विश्वकर्मा
    २,उपाध्यक्ष चक्रमान तामाङ     
    ३,मुन्ना बाबू परियार
    ४,रिनामाया तामाङ 
    ५,महासचिवमा पुर्ण विक पहाडी
    ६,सचीवमा धन बहादुर छन्त्याल 
    ७,सह सचीवमा कुमार अधिकारी
    ८,कोषाध्यक्षमा पन्चराम सान्त्याङ
    ९,सह कोषाध्यक्षमा सन्तोष ढकाल 
    १०, महिला तथा सांस्कृतिक बिभागमा बिभिमायाँ तामाङ
    ११,अनुशासन बिभागमा संयोजक तोलाकान्त भट्टराई
    १२,सह संयोजक यमु थापा मगर
    १३,लेखा संयोजक सुरेश बराली
    १४,संगठन बिभाग संयोजक क्षेत्री
    १५, वरिष्ठ सदस्य लक्ष्माण परियार
    १६,वरिष्ठ सदस्य टिकाराम विश्वकर्मा
    १७,सदस्य सुशील सुनार
    १८,सदस्य अर्जुन परियार
    १९,सदस्य याम बहादुर सुनारी मगर
    २०, सदस्य सिताराम सुनार
    २१,सदस्य सुरेश धिताल
    २२,सदस्य सागर थापा
    २३,सदस्य रियाज अहमद
    २४,सदस्य शिव ज्ञवाली
    २५,सदस्य गंगा पासी
    २६,सदस्य मान बहादुर लिम्बु
    २७,सदस्य  पुनाराम पोखरेल 
    सदस्यीय समिति चयनभएको छ ।
    सल्लाहकारहरु
    गोपीचन्द विश्वकर्मा 
    सन्दीप महत्तो 
    राम बहादुर थापा मगर 

    t2.jpg

    नेकपा माओवादी केन्द्र पार्टीका बिदेश बिभाग एवं पुर्व मन्त्री नेता नारायण काजी श्रेष्ठ, प्रमुख अतिथि रहेको कार्यक्रममा बिशेष अतिथि प्रवास समन्वय समितीका अध्यक्ष ओम शर्मा,भर्चुअलको माध्यम बाट उपस्थिति रहेको थियो । 

    सचीव पुर्ण विश्वकर्मा पहाडीले  सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता उमेश विश्वकर्माले गरेका थिए भने स्वागत मन्तव्य मुन्नाबाबु परियारले राखेका थिए । 

    u1.jpg

    कोभिड १९ को स्वस्थ्य मापदण्ड सतर्कता अपाउदै भर्चुअलमार्फत र भौतिक उपस्थितमा गरिएको दोस्रो  अधिबेशन कार्यक्रममा विशिष्ट अतिथि नेपाली दूतावास ओमानका दृतिय सचिव तथा कार्यवाहक राजदुत सोमेश थापा, गैरआवासीय नेपाली संघका प्रबक्ता डिबि क्षेत्री, गैरआवासीय सोसल क्लब ओमानका अध्यक्ष विकल झा,  अतिथिहरु प्रवासी नेपाली मञ्चका अध्यक्ष सोम कृष्ण श्रेष्ठ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ओमानका अध्यक्ष सुशील पुन बिरही, प्रवासी नेपाली एकता मञ्च, नेकपा समाजवादीका अध्यक्ष लिलानाथ कोइराला, दलित एकता संजाल ओमान बाट बिमला सुनार, नेपाली समाज ओमानका अध्यक्ष बिकास घले, महिला समुह ओमानकी अध्यक्ष मधु गुरुङ, नेपाल मगर संघका अध्यक्ष यमु थापा मगर, मोरङ सुनसरी समाजका सल्लाहकार जीवन कार्की, तमु समाज ओमानका महासचिव निकेश गुरुङ, म्याग्दी प्रवासी नेपाली संघ ओमानका उपाध्यक्ष गणेश चोखाल, बिवेकशिल नेपाली पार्टी,गुल्मी सेवा समाजबाट सुर्य पन्थी, नेपाली बुद्वभिजनका ओमाकार तामाङ, बागलुङ सेवा समाजका दुर्गा गिरि  अतिथिका रुपमा भौतिक उपस्थित रहेर कार्यक्रमको शोभा बढाउनु भएको थिए । त्यसैगरी सुभेच्छुक सुभचिन्तकहरु अनलाइन भर्चुअलको माध्यमबाट उपस्थित रहेका थिए ।

    j1.jpg
    कार्यक्रमलाई मोडेरन एक्सचेञ्ज तथा सिटि मनिट्रान्सर्फर, मोमो किङ्गले प्रायोजन गरेको थियो । 

    नेपाली जनप्रगतिशिल मञ्च राष्ट्रिय समिती ओमान सन २०१३ मा बिधिवत स्थापना भइ ओमानमा समय सापेक्षताका आधारमा सबैसँग मित्रवत ब्यबहार राख्दै नेपाली नियोगसँग समन्वय गर्दै सामाजिक क्रियाकलापमा निरन्तर सहयोगि संगठनको भुमिकामा समाजिक रूपमा स्थापित रहेको संस्था हो । 

    j2.jpg

    त्यस्तै आज मात्रै नेपाली जनप्रगतिशिल मञ्च राष्ट्रिय समितिहरु  युएई ,साउदी अरेबियाको पाचौं ऐतिहासिक अधिबेशन एवं ओमन र इजरायलको दोस्रो अधिबेशन बाट बाबुराम बिश्वकर्मा (दुबई)कमल महत (साउदी अरेबिया) उमेश बिक (ओमन),अनिरुद्र सुवेदि जोसि(इजरायल)को अध्यक्षमा निर्बिरोध निर्बाचित भएका छन । ४ वटा देशमा भएको राष्ट्रिय महाधिवेशन पश्चिम एसियाका संयोजक शनि ओलि र सचीव हरि नेपालीले अनलाइन भर्चुअल मार्फत सम्योजन गर्नु भएको थियो ।

    j3.jpg

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology