Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाली कांग्रेसको १४औँ महाधिवेशन युवाहरुको गुनासो

नेपाली कांग्रेसको १४औँ महाधिवेशन युवाहरुको गुनासो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २५, २०७८ शनिवार • ०८:५६:०३ बजे
  • 2.0K
    SHARES
  • नेपाली कांग्रेसको १४औँ महाधिवेशन युवाहरुको गुनासो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि देशभरबाट चार हजार ६०० प्रतिनिधिहरू सहभागी छन् ।

    images

    तीमध्ये सयौँ संख्यामा युवाहरूको उपस्थिति देखिन्छ । तर, महाधिवेशनमा आएका युवापंक्ति भने कांग्रेसको नेतृत्वमा युुवा पुस्ताहरूलाई आउनबाट वृद्ध नेताहरूले अवरोध गर्ने गरेको भन्दै गुनासो गरेका छन् ।

    ‘आउन त देशभरबाट महाधिवेशनमा युुवाहरू पनि प्रतिनिधी भएर आएका छन् । तर, सभापतिमा र अन्य ठूला पदमा भने बुढापाका नेताहरूले नै ठाउँ ओगट्छन् । युवा पुस्तालाई अवसर भन्ने नारा लगाउने अनि अवसर भने आफैँ लिइराख्ने गर्छन्’, लमजुङबाट महाधिवेशन हेर्न आएका सन्तोष श्रेष्ठ भन्छन् ।

    काभ्रेबाट आएका सूर्यबहादुर लामा पनि कांग्रेसको अधिकांश केन्द्रीय पदमा युवाहरूको नेतृत्व देख्न चाहन्छन् । तर, युवा पुस्ताले खासै अवसर नपाउने उनको तर्क छ ।

    लामा भन्छन्, ‘हाम्रो इच्छा त युवाहरू धेरैभन्दा धेरै नेतृत्वमा आउन पाउनु पर्छ भन्ने हो । युवाहरू नेतृत्वमा आए समृद्धि र रुपान्तरण सम्भावना छ । तर, पार्टीमा क्षमता, दक्षताभन्दा बढी उमेर हेरिन्छ । वृद्ध नेताहरू नै नेतृत्वमा आउन खोज्छन् ।’ पछिल्लो समय कांग्रेसमा युवाहरूको नेतृत्वका विषयमा व्यापक रूपमा बहस हुने गरेको छ ।

    बहस भएअनुसार अवसर दिनबाट पार्टी नेतृत्वहरू लागि नपरेको महाधिवेशनमा भेटिएकी सुनिता रिमालको बुझाइ छ । उनी भन्छिन्, ‘भन्न त अब युवाहरूलाई अवसर भनिन्छ नि । तर, पद दिने बेला सधैँ पछाडि पारिन्छ ।

    जसले नेताको चाकडी गर्छ, जो धनि छ, उसले अवसर पाउँछ । नत्र आम युवाहरूले खासै अवसर पाउँदैनन् ।’

  • सम्बन्धित विषय:

  • # नेपाली काँग्रेस
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology