Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बाबुराम भट्टराई किन गाउँ-गाउँ डुल्दै छन् ?

बाबुराम भट्टराई किन गाउँ-गाउँ डुल्दै छन् ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २५, २०७८ शनिवार • ११:१८:५९ बजे
  • 2.4K
    SHARES
  • बाबुराम भट्टराई  किन गाउँ-गाउँ डुल्दै छन् ?

    हिजोआज पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई राजधानी काठमाडौँमा कमै भेटिन्छन् । उनी कहिले गृहजिल्ला गोरखाको गाउँघर डुलिरहेका हुन्छन् ।

    images

    कहिले दाङ, बुटवलतिर भेटिन्छन् । जनता समाजवादी पार्टी(जसपा) संघीय परिषद्का अध्यक्ष डा.भट्टराईले नियमित जसो जनताको घरदैलो चाहार्दै गरेका तस्बिर सामाजिक सञ्जालमा पोस्ट्याउँछन् । र उनी आलोचनाको ‘ईस्यु’ बन्छन् । आलोचनालाई पचाएर भट्टराई जनताको घरदैलोमा पुग्न छाडेका छैैनन् ।

    पूर्व प्रधानमन्त्री भट्टराई पार्टीको संगठन सुदृढीकरण तथा जनपरिचालन ‘सुज’ अभियान लिएर देश दौडाहमा छन् । यही अभियान लिएर उनी बिहीबार साँझ तनहुँ आए । तनहुँमा उनले शुक्लागण्डकी नगरपालिका–९ घारी मालेबगरमा एक रात दलित समुदायको घरमा बिताए ।

    पत्नी हिसिला यमीसहित आएका भट्टराईले आकाश नेपालीको घरमा एक रात बिताएका हुन् । प्रधानमन्त्री हुँदाको बखत नै दलित समुदायको घरमा बास बस्ने गरेका थिए । स्थानीय नेता कार्यकर्ताको हुल लिएर पुगेका भट्टराई दलित समुदायको घरमा बसे पनि बिहीबार साँझ र शुक्रबार विहानाको खानापानको व्यवस्था पार्टीले नै गरेको थियो ।

    बिहीबार साँझ डा.भट्टराईले शुक्लागण्डकी नगरपालिका–९ मा जनता समाजवादी पार्टी वडा कमिटीको कार्यालयको उद्घाटन गरे । जसपा अब निर्वाचनमा होमिएको छ है भन्ने सन्देश स्पष्ट प्रवाह गरिरहेका छन् ।

    शुक्रबार बिहान डा.भट्टराई र गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले शुक्लागण्डकीका दुई स्थानमा भेटघाट र छलफल गरे । शुक्लागण्डकी नगरपालिका–८ लालिममा भएको भेटघाट डा। भट्टराईले जनताको समस्या जनताको घरदैलोमा पुगेर बुझ्नलाई आफुले अभियान चलाएको सुनाए ।

    भट्टराईले यो देशलाई सम्बृद्धीको यात्रामा लैजान पुराना शक्तिले नसक्ने टिप्पणी गरे । केपी ओलीले पञ्चायतशैली देखाइरहेको उनको आरोप छ ।

    डा.भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागु नभएसम्म मुलुकमा राजनीतिक स्थिरता कायम नहुने दोहोर्याए । सत्ता साझेदार दलको गठबन्धन आगामी निर्वाचनसम्म रहने उनको दाबी छ ।

  • सम्बन्धित विषय:

  • # डा.बाबुराम भट्टराई
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology