Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

नेकपा माओवादी केन्द्रको गण्डकी अधिवेशन आजदेखि सुरु हुँदै,८४६ जना प्रतिनिधि सहभागी

नेकपा माओवादी केन्द्रको गण्डकी अधिवेशन आजदेखि सुरु हुँदै,८४६ जना प्रतिनिधि सहभागी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २५, २०७८ शनिवार • ११:२४:०२ बजे
  • 550
    SHARES
  • नेकपा माओवादी केन्द्रको गण्डकी अधिवेशन आजदेखि सुरु हुँदै,८४६ जना प्रतिनिधि सहभागी

    नेकपा (माओवादी केन्द्र)को प्रदेश अधिवेशन आजदेखि सुरु हुँदै छ । गण्डकी प्रदेशमा अधिवेशनको सबै तयारी सकिएको माओवादीले जनाएको छ ।

    images

    अधिवेशनबाट प्रदेश समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष तथा सचिव, सहसचिव र कोषाध्यक्ष एकएक जना गरी सात सदस्यीय पदाधिकारीसहित २२९ सदस्यीय प्रदेश समिति निर्वाचित हुनेछन् ।

    प्रदेशको प्रथम अधिवेशन विचार निर्माण र संठनात्मक काममा केन्द्रित हुने इन्चार्ज हितराज पाण्डेले बताए । माओवादीको गण्डकी प्रदेश समितिमा कम्तिमा ३५ प्रतिशत महिला र २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गरेको छ ।

    ‘माओवादी केन्द्रलाई गण्डकी प्रदेशमा प्रमुख शक्तिका रुपमा स्थापित गर्ने गरी संठनात्मक कामलाई अघि बढाइने छ । अधिवेशनमा यसबारे व्यापक छलफल हुन्छ,’ उनले भने, ‘अधिवेशनमा विचार निर्माण र समाजवादको मोडलका बारेमा छलफल केन्द्रित रहन्छ ।’

    पोखरामा हुने प्रदेश अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाबाट ८४६ प्रतिनिधि सहभागी हुनेछन् । पालिकाहरुबाट निर्वाचित ६०० जना, मनोनित ६०, आयोजक ९६, ज्येष्ठ कम्युनिष्ट मञ्चका ४३ र प्रदेश सल्लाहकार ४७ जना सहभागी हुने माओवादीले जनाएको छ ।

    एक गैरभौगोलिकसहित एक महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिकामा पार्टीका अधिकांश अधिवेशनहरु सकिएको माओवादीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # गण्डकी अधिवेशन आजदेखि
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology