Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कांग्रेस सभापतिमा पहिलाे कल्याण गुरुङले गरे उम्मेदवारी दर्ता

कांग्रेस सभापतिमा पहिलाे कल्याण गुरुङले गरे उम्मेदवारी दर्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २५, २०७८ शनिवार • १३:२३:१९ बजे
  • 1.6K
    SHARES
  • कांग्रेस सभापतिमा पहिलाे कल्याण गुरुङले गरे उम्मेदवारी दर्ता

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा कल्याण गुरुङले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

    images

    गुरुङले १० बजेर ४५ मिनेट जाँदा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

    केन्द्रीय सभापतिमा उम्मेदवारी दर्ता गर्ने उनी पहिलो हुन् । नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ ।

    शनिबार बिहान १० बजेदेखि सुरु भएको मनोनयन साँझ ५ बजेसम्म रहने कांग्रेसले जनाएको छ । कांग्रेसले सभापति पदका लागि मनोनयन दर्ता गर्न ३० हजार शुल्क तोकेको छ ।

    उपसभापति र महामन्त्रीका लागि २५ हजार शुल्क निर्धारण गरिएको छ । सहमहामन्त्रीका लागि १५ हजार र केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको कांग्रेसले जनाएको छ ।

    आइतबार दाबी विरोध सकेर अन्तिम नामावली प्रकाशन गरिने छ । उम्मेदवारी मनोनयनका लागि २० स्थानमा व्यवस्था गरिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology