Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

माओवादीलाई पहिलो पार्टी बनाउन नेता,कार्यकर्तालाई प्रचण्डको निर्देशन

माओवादीलाई पहिलो पार्टी बनाउन नेता,कार्यकर्तालाई प्रचण्डको निर्देशन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २५, २०७८ शनिवार • २०:०६:४१ बजे
  • 1.1K
    SHARES
  • माओवादीलाई पहिलो पार्टी बनाउन नेता,कार्यकर्तालाई प्रचण्डको निर्देशन

    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई हराउन सक्ने तागत कोही कसैसँग नरहेको दावी गरेका छन् ।

    images

    पार्टीको सात प्रदेश र दुईवटा गैरभौगोलिक प्रदेशको सम्मेलनलाई शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै प्रचण्डले माओवादी राष्ट्र र जनताका लागि काम गर्ने पार्टी भएको भन्दै माओवादीलाई हराउन सक्ने तागत कोही कसैसँग नरहेको दावी गरेका हुन् ।

    उनले आगामी निर्वाचनमा माओवादीलाई पहिलो नम्बरको पार्टी बनाउने गरी परिचालित हुन सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

    अध्यक्ष प्रचण्डले आफ्नो पार्टी चुनौती र अवसरका बीचमा रहेको भन्दै स्पष्ट कार्यदिशाका साथ अगाडि बढे सफल हुने बताए । उनले पार्टीभित्र रहेको अलमललाई हटाएर नयाँ विचारका साथ क्रान्तिकारी बनाएरै छाडिने बताइ ।

    प्रचण्डले पार्टीलाई आफ्नै सङ्गठन, आफ्नै विचारसहित आफ्नै खुट्टामा उभिने बनाउनु नै तत्कालको आवश्यकता रहेको उल्लेख गरे । प्रचण्डले विचार, सङ्गठनमा नयाँ मोडल खोज्न सक्ने सम्भावना बोकेको पार्टी पनि माओवादी नै भएको स्पष्ट पारे ।

    पार्टीलाई क्रान्तिकारी रुपान्तरण गर्न आफैँबाट रुपान्तरण जरुरी रहेको भन्दै उनले राष्ट्रिय सम्मेलनसम्म पुग्दा माओवादी नयाँ विचारका साथ परिस्कृत हुने धारणा राखे ।

    माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गरी १० प्रदेशको सम्मेलनको शुभारम्भ गरेको हो । सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।

    सम्मेलनबाट नौ पदाधिकारीसहितको समिति चयन हुनेछ । माओवादीले प्रदेश समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी रहने व्यवस्था गरेको छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा माओवादी केन्द्र
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology