Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जनसंगठनलाई तत्काल अधिवेशन गर्न ओलीको निर्देशन, जिल्ला र प्रदेश अधिवेशनको मिति तोक्यो

जनसंगठनलाई तत्काल अधिवेशन गर्न ओलीको निर्देशन, जिल्ला र प्रदेश अधिवेशनको मिति तोक्यो

प्रकाश बिश्वकर्मा

प्रकाश बिश्वकर्मा

मंसिर २५, २०७८ शनिवार • २०:१०:१२ बजे
  • 982
    SHARES
  • जनसंगठनलाई तत्काल अधिवेशन गर्न ओलीको निर्देशन, जिल्ला र प्रदेश अधिवेशनको मिति तोक्यो

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका जनवर्गीय संगठनहरु अधिवेशनबिना मनोनित पदाधिकारीबाट चलिरहेको भन्दै अविलम्ब सबै संगठनका अधिवेशन आयोजना गर्न निर्देशन दिएका छन् ।

    images

    पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अब जनसंगठनहरु अधिवेशनबिना निरन्तर रहन नसक्ने बताए । ओलीले तत्काल अधिवेशन गर्न हरेक जनसंगठनलाई निर्देशित गरेका हुन् ।

    “अहिले पार्टीका अधिकांश जनसंगठनहरु अधिवेशन बिनाको नेतृत्वबाट आएका छन् । अब यसरी हुँदैन । तयारी पुगेन भन्न पनि पाइँदैन,” ओलीले भने,“सबै संगठनले अधिवेशन गर्नुपर्छ तर अबिलम्ब गर्ने भनेर आउने चुनावलाई असर पार्नेगरी होइन, पार्टीको मार्गनिर्देशनमा हुनुपर्छ ।”

    १० औँ महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेको नेकपा (एमाले)ले जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको मिति तय गरेको छ ।

    शनिबार बसेको केन्द्रीय कमिटी बैठकले २३ पुसमा जिल्ला अधिवेशन तथा ८ माघमा सात प्रदेशमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो ।

    भक्तपुरस्थित जर्मन हाउसमा बसेको बैठकले स्थायी कमिटी र पोलिटब्युरो सदस्य चयन गर्ने एजेन्डामा उल्लेख गरे पनि सो भने आज सम्भव नभएको एमालेले जनाएको छ । बैठक आइतबार पनि जारी रहने छ ।

    माघ र फागुन भित्र पार्टी विस्तार हुने

    एमालेको १०औं महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटीको आजको बैठक सकिएको छ । भक्तपुरको गठ्ठाघरस्थित जर्मन हाउस हस्पिटालिटीको हलमा भएको बैठकबाट पुस २३ गते जिल्ला र माघ ८ गते प्रदेश अधिवेशन गर्ने निर्णय भएको छ । माघ र फागुनमा पार्टी विस्तार गर्ने निर्णय बैठकले गरेको छ । 

    आजको बैठकमा महाधिवेशनबाट निर्वाचित भएका केन्द्रीय कमिटीलाई बधाई पत्र वितरण गरेको छ । साथै महाधिवेशनको संक्षिप्त समीक्षा पनि गरिएको छ । 

    मुलुकलाई सही दिशामा लैजाने जिम्मेवारी नेकपा एमालेको रहेको र सोही अनुसार कार्य योजना बनाएर अगाडि बढ्ने नेता प्रदीप ज्ञवालीले बताएका छन् । उनले १०औं महाधिवेशनले मुलुकलाई नयाँ सन्देश दिएको विश्वास व्यक्त गरे ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # जनसंगठन
  • प्रकाश बिश्वकर्मा

    प्रकाश बिश्वकर्मा मयूरपाटी डिजिटल पत्रिकाकाे प्रधान सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology