Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाली कांग्रेसको १४औँ महाधिवेशन: सभापति, सहमहामन्त्रीसहित ६० जनाले गरे उम्मेदवारी फिर्ता

नेपाली कांग्रेसको १४औँ महाधिवेशन: सभापति, सहमहामन्त्रीसहित ६० जनाले गरे उम्मेदवारी फिर्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २६, २०७८ आइतवार • १३:२६:२९ बजे
  • 961
    SHARES
  • नेपाली कांग्रेसको १४औँ महाधिवेशन: सभापति, सहमहामन्त्रीसहित ६० जनाले गरे उम्मेदवारी फिर्ता

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत अहिले उम्मेदवारी फिर्ता लिने समय सकिएको छ ।

    images

    थप गरिएको समय दिउँसो १ बजेसम्म पदाधिकारीसहित ६० जनाले मनोनयन फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ। एक सय ३४ केन्द्रीय कमिटीका लागि शनिबार भएको मनोनयन दर्ताका क्रममा पाँच सय ४८ जनाले उम्मेदवारी दिएका थिए ।

    जसमध्ये आइतबार दिउँसो सभापतिका प्रत्यासी युवराज न्यौपाने, सहमहामन्त्रीका प्रत्यासी (थारुतर्फ) सुरेन्द्रप्रसाद चौधरीले मनोनयन फिर्ता लिएका छन् ।

    चौधरीले संस्थापन पक्षबाट उम्मेदवारी दिएका थिए । तर, संस्थापनको प्यानलमा बाराका उमाकान्त चौधरीले मनोनयन दर्ता गरेकाले सभापति शेरबहादुर देउवाको आग्रहमा सुरेन्द्रले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

    उमाकान्त कृष्णप्रसाद सिटौला पक्षबाट सहमहामन्त्रीको उम्मेदवार बनेका हुन् । पदाधिकारीबाहेक ५८ जना केन्द्रीय सदस्यका प्रत्यासीले उम्मेदवारी फिर्ता लिएका छन् ।

    कांग्रेसमा खुला, आरक्षित, महिला, दलित, मुसलमान, पिछडिएको क्लस्टरतर्फका ५८ केन्द्रीय सदस्यका उम्मेदवारले मनोनयन फिर्ता लिएका हुन् ।

  • सम्बन्धित विषय:

  • # नेपाली काँग्रेस
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology