Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पूर्वमाओवादी समूहबाट एमालेमा आएका पाँच जना स्थायी कमिटीमा

पूर्वमाओवादी समूहबाट एमालेमा आएका पाँच जना स्थायी कमिटीमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २६, २०७८ आइतवार • १८:२६:३३ बजे
  • 679
    SHARES
  • पूर्वमाओवादी समूहबाट एमालेमा आएका पाँच जना स्थायी कमिटीमा

    नेकपा (एमाले)मा पूर्वमाओवादी समूहबबाट आएका पाँच जना स्थायी कमिटीमा समेटिएका छन् ।

    images

    रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा र प्रभु साह स्थायी कमिटीमा परेका हुन् । एमालेको १०औं राष्ट्रिय महाधिवेशनपछि बादल, रायमाझी, भट्ट र थापा स्थायी कमिटीमा समेटिएको भए पनि साह केन्द्रीय सदस्यमात्र थिए ।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार मनोनीत गरेका ४४ जना स्थायी कमिटी सदस्यमा साहको नाम समेटिएसँगै पूर्वमाओवादी समूहबाट पाँच जना रहेका छन् ।

    अध्यक्ष ओलीले आइतबार पूर्वमाओवादी समूहबाट कृष्ण केसी, बालसिंह काउँछा, सहदेव बोगटी, दुर्गा प्रसाईं र यमुना रोकालाई केन्द्रीय सदस्य मनोनीत गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology