Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

निर्वाचनसम्म देउवा सरकार आवश्यकः नेता सिटौला

निर्वाचनसम्म देउवा सरकार आवश्यकः नेता सिटौला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २६, २०७८ आइतवार • १८:२८:२७ बजे
  • 337
    SHARES
  • निर्वाचनसम्म देउवा सरकार आवश्यकः नेता सिटौला

    नेपाली कांग्रेस नेता कृष्ण सिटौलाले आगामी निर्वाचनसम्म शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार रहनुपर्ने बताएका छन् ।

    images

    कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिएका देउवा पक्षीय प्रतिनिधि र नेताहरूलाई आइतबार सम्बोधन गर्दै उनले देउवा नेतृत्वको सरकार आगामी निर्वाचनसम्म रहनुपर्ने बताएका हुन् ।

    वर्तमान सरकारले गराउने निर्वाचनले सहि परिणाम ल्याउने भन्दै उनले भने, ‘निर्वाचन स्वतन्त्र, निष्पक्ष धाधलीसहित, त्राससरहित जनताले आफ्नो मत अभिव्यक्त गर्ने सिलसिलामा परिणाम सही किसिमले आउँछ भन्ने मलाई विश्वास छ ।’

    वामपन्थी नेतृत्वको सरकारले गराएको निर्वाचनको परिणाम भोगिसकेको भन्दै सिटौले भने, ‘एकपटक मात्र वामपन्थी गृहमन्त्री बन्दा २०५४ सालको निर्वाचनमा हामी के भोग्नुपर्‍यो ?

    साच्चै कम्युनिस्ट पार्टीको नेता प्रधानमन्त्री भएको बेला यो देशको निर्वाचन कस्तो होला ? जसरी ओलीजीले संसद, अदालत, राज्यका अंग, प्रहरी प्रशासन आफ्नो सेवक बनाउनुभयो त्यो हिसाबले निर्वाचन कब्जा हुन्थ्यो ।

    त्यसकारण यो सरकार निर्वाचनसम्म रहनुपर्छ ।’

  • सम्बन्धित विषय:

  • # निर्वाचनसम्म देउवा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology