Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

एमाले बैठक : नेम्वाङलाई बादलपछिको वरियता

एमाले बैठक : नेम्वाङलाई बादलपछिको वरियता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २६, २०७८ आइतवार • १८:५७:५४ बजे
  • 379
    SHARES
  • एमाले बैठक : नेम्वाङलाई बादलपछिको वरियता

    नेकपा एमालेले १० औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको वरियता निर्धारण गरेको छ ।

    images

    चितवनमा सम्पन्न महाधिवेशनपछि बसेको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकले १९ जना पदाधिकारीको वरियता निर्धारण गरेको हो। आइतबार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले वरिययता निर्धारण गरेको हो ।

    वरियताक्रम अनुसार अध्यक्ष केपी शर्मा ओलीपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छन् । उपाध्यक्षमध्ये युवराज ज्ञवाली वरियताको पहिलो नम्बरमा छन् । त्यसपछि अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, रामबहादुर थापा (बादल), सुवासचन्द्र नेम्वाङ र सुरेन्द्र पाण्डे छन् ।

    माओवादी केन्द्र छाडेर एमालेमा आएका बादल उपाध्यक्षको चौथो वरियतामा छन् भने महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमा दाबी गरेका नेम्वाङ उनी भन्दा पछाडि छन् ।

    ३ जना उपमहासचिवमध्ये प्रदीप ज्ञवाली वरियताको पहिलो नम्बरमा छन्। त्यसपछि पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल छन्।

    सचिवहरुमध्ये पूर्व माओवादी नेता टोपबहादुर सायमाझी र लेखकराज भट्ट पहिलो र दस्रोमा रहँदा त्यसपछि क्रमश: रघुविर महासेठ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, योगेश भट्टराई र पद्मा अर्याल रहेका छन्।

  • सम्बन्धित विषय:

  • # एमाले बैठक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology