Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमाले केन्द्रीय सदस्यमा : दुर्गा प्रसाईदेखि लालबाबु पण्डितसम्म

एमाले केन्द्रीय सदस्यमा : दुर्गा प्रसाईदेखि लालबाबु पण्डितसम्म

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २६, २०७८ आइतवार • १९:०३:१६ बजे
  • 706
    SHARES
  • एमाले केन्द्रीय सदस्यमा : दुर्गा प्रसाईदेखि लालबाबु पण्डितसम्म

    एमालेले ४४ जना केन्द्रीय सदस्य मनोनीत गरेको छ । आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले विधानअनुसार १० प्रतिशत केन्द्रीय कमिटी सदस्य मनोनयनका लागि ४४ जना नेताको नाम प्रस्ताव गरेका थिए ।

    images

    सबैलाई केन्द्रीय कमिटी बैठकले मनोनीत गरेको हो । विधानअनुसार खुला २०, महिला १५ जना र पार्टी एकताको प्रक्रियाबाट नौ जना मनोनीत गरिएको एमालेले जानकारी दिएको छ ।

    मनोनीत हुनेमा एमालेका प्रमुख सचेतक विशाल भट्टराई, लालबाबु पण्डित, दुर्गा प्रसाईदेखि विद्यार्थी नेता ऐन महरसम्म छन् । प्रसाई मेडिकल व्यवसायी हुन् । उनी माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका थिए ।

    पण्डित पदाधिकारीमा नाम नपरेपछि एमालेको महाधिवेशन नै छाडेर हिँडेका थिए । विगतमा उनी एमालेमा माधवकुमार नेपाल निकट थिए ।

    पुरुषतर्फः दल फडेरा, ऐन महर, मानवीर राई, चन्द्रमोहन गौचन, रतनाथ योगी, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञ बोगटी, हरि घिमिरे, युवराज बास्तोला, विशाल भट्टराई, उद्धव रेग्मी, बद्री न्यौपाने, रुपनारायण श्रेष्ठ, प्रेम दंगाल, हरिकृष्ण व्यञ्जनकार, भीम केसी, लालबाबु पण्डित, सुभास देवकोटा, चुडादेव सिंह, रेशम लामा, दुर्गा प्रसाई, गोविन्द दुवाल, सहदेव बोगटी, बालसिंह काउछा, कृष्ण केसी, चन्द्रबहादुर विक, विषमलाल अधिकारी, महिलातर्फः इन्दिरादेवी गौतम, सरस्वति चौधरी, यमुना रोका, उमा कोइराला, कल्पना चापागाई, आशा विक, नैनकला ओझा, मन्जु गुरुङ, विमला अर्याल, इन्दिरा सन्जाल, शान्ति अधिकारी, रुक्मीणि राठा, सरस्वति यादव, तारादेवी गुरुङ, गीता कार्की

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology