Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

शेरबहादुर देउवा पराजित भए पनि गठबन्धन सरकार कायम हुन्छ : शेखर कोइराला

शेरबहादुर देउवा पराजित भए पनि गठबन्धन सरकार कायम हुन्छ : शेखर कोइराला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २६, २०७८ आइतवार • २०:३९:५१ बजे
  • 1.2K
    SHARES
  • शेरबहादुर देउवा पराजित भए पनि गठबन्धन सरकार कायम हुन्छ : शेखर कोइराला

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाले शेरबहादुर देउवा पराजित भए पनि गठबन्धन सरकार कायम हुने बताएका छन् ।

    images

    आइतबार आफूलाई मत माग्नका लागि आयोजना गरिएको कार्यक्रममा शेखरले सभापतिका अर्का उम्मेदवार देउवाले आफूले हारे गठबन्धन सरकार हट्छ भनेको भन्दै नेतृत्व परिवर्तन हुने बताए ।

    ‘उहाँले म हारे भने यो गठबन्धन सरकार हट्छ भन्नु भयो। म प्रण गर्न चाहन्छु नेतृत्व परिवर्तन हुन्छु उनले भने ।

    उनले महाधिवेशनमा आफूले जितेपछि गठबन्धन अझ बढी संगठित हुने र निर्वाचनमा होमिने बताए । ‘सरकारलाई अझ मजबुत बनाउने प्रयास हाम्रो नेतृत्वले गर्ने छु’ कोइरालाले भने ।

    आफूहरु पार्टीका अनुभवी नेता देउवा, रामचन्द्र पौडेल, शशांक कोइराला लगायतको अनुभवलाई लिएर अगाडि बढ्ने बताए। महाधिवेशनपछि आफूहरु निर्वाचनमा केन्द्रीत हुने उनले बताए ।

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology