Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

माओवादी केन्द्रको उपत्यका प्रदेश सम्मेलन सम्पन्न,१४१ सदस्यीय प्रदेश समिति गठन

माओवादी केन्द्रको उपत्यका प्रदेश सम्मेलन सम्पन्न,१४१ सदस्यीय प्रदेश समिति गठन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २६, २०७८ आइतवार • २०:५०:२० बजे
  • 838
    SHARES
  • माओवादी केन्द्रको उपत्यका प्रदेश सम्मेलन सम्पन्न,१४१ सदस्यीय प्रदेश समिति गठन

    नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको उपत्यका प्रदेश सम्मेलन सम्पन्न भएको छ ।

    images

    आइतबार भएको उपत्यका विशेष प्रदेशको सम्मेलनले १४१ सदस्य उपत्यका विशेष प्रदेश समिति गठन गरेको छ । पदाधिकारी भने टुंगो लगाइएको छैन । पहिलो बैठले पदाधिकारी चयन गर्ने जनाइएको छ ।

    माओवादी केन्द्रको प्रदेश सम्मेलन शनिबारदेखि सुरु भएको हो । शनिबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यउमबाट एकैसाथ प्रदेश सम्मेलनको उद्घाटन गरेका थिए ।

    माओवादी केन्द्रले सोमबारसम्ममा प्रदेशको नयाँ नेतृत्व चयन गरी प्रदेश सम्मेलन सक्ने जनाएको छ ।

    केन्द्रीय निर्वाचन आयोग अध्यक्ष विष्णुपुकार श्रेष्ठका अनुसार प्रदेश नम्बर दुईको पालिका अधिवेशन वाँकी रहेकाले पुस ३ गतेमात्र हुनेछ । सकेसम्म सहमतिमा नेतृत्व चयन गर्ने माओवादी केन्द्रको तयारी छ ।

    यसअघि सात जना पदाधिकारी रहने व्यवस्था भएकोमा अब प्रदेशमा ९ जना रहने निर्णय गरिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology