Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

विद्यासुन्दर फेरि मेयरमा उठ्ने

विद्यासुन्दर फेरि मेयरमा उठ्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २७, २०७८ सोमवार • ०८:२९:११ बजे
  • 700
    SHARES
  • विद्यासुन्दर फेरि मेयरमा उठ्ने

    काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले फेरि महानगरपालिकाको मेयरमा उठ्ने संकेत गरेका छन् ।

    images

    २७औं महानगर दिवसको पूर्वसन्ध्यामा राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी र जनताले चाहेमा आफू फेरि मेयरमा लड्ने बताएका हुन् ।

    सञ्चारकर्मीले सोधेको प्रश्नको उत्तर दिने क्रममा मेयर शाक्यले भने– ‘साढे ४ वर्षे कार्यकालमा मैले गरेका कामहरू पूरा गर्न बाँकी रहेको महसुस गरी पार्टीले पुनः मेयरमा उठ भन्न सक्ला त्यसलाई नकार्ने कुरा हुँदैन ।

    मैले एकल निर्णय गर्दिनँ, पार्टीले दिएको जिम्मेवारी पूरा गर्नेछु ।’ नेपाल कम्युनिस्ट पार्टी एमालेबाट मेयर बनेका शाक्य हाल एमालेको केन्द्रीय सदस्य हुन् ।

    शाक्यले महानगरको विकासलाई सफल बनाउन प्रदेश र संघ सरकारबीच राम्रो समन्वयको आवश्यक्ता औंल्याए । विकास निर्माणमा समन्वय नभएको गुनासो गर्दै उनले भने– ‘उचित समन्वय नभएका कारण एउटै विकास योजनामा करोडौं रुपियाँ खर्च भएको छ, त्यसलाई व्यवस्थित गर्न संघीय सरकारको मुख्य भूमिका रहन्छ ।’

    उनले महानगरपालिकाभित्र सबै काम सबैको सहमतिमै भइरहेको दाबी गर्दै पार्टीले यसको राम्रो मूल्यांकन गरिरहेको विश्वास व्यक्त गरे ।

    उनले महानगरपालिकाले १९६ किलोमिटर सडक कालोपत्रे, १४ किलोमिटर सडक ढलान र १० किलोमिटर सडकमा ब्लक छाप्ने काम सम्पन्न गरेको जानकारी दिए ।

    त्यस्तै, उनले आफ्नो कार्यकालमा ४८९ किलोमिटर सडकमा ढुंगा छाप्ने काम सम्पन्न भएको, २२६ किलोमिटर सडक मर्मत र १८ किलोमिटर ढल निर्माण गरिएको जानकारी पनि दिए ।

    उनले आफ्नो कार्यकालमा वडा नं ३, ४, ९, १४, १८ र २६ मा गरी ६ वटा नयाँ वडा कार्यालयको निर्माण सम्पन्न भएको, १० वटा वडा कार्यालय निर्माणाधीन अवस्थामा रहेको, आठवटा वडाहरूको स्तरोन्नति गरिएको पनि जानकारी दिए ।

    यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

  • सम्बन्धित विषय:

  • # विद्यासुन्दर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology