Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओमिक्रोन सङ्क्रमित अस्पताल पुग्न थाले

ओमिक्रोन सङ्क्रमित अस्पताल पुग्न थाले

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २७, २०७८ सोमवार • ०८:४४:२४ बजे
  • 811
    SHARES
  • ओमिक्रोन सङ्क्रमित अस्पताल पुग्न थाले

    बेलायतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका कारण बिरामी परेकाहरू अस्पताल आउन सुरु भएका जनाइएको छ ।

    images

    बेलायती शिक्षा मन्त्री नदिम जहावीले लण्डनमा कोरोना सङ्क्रमणका केसहरूमध्ये एक तिहाइ नयाँ ओमिक्रोन भेरियन्टका सङ्क्रमित भएको बताए । उनका अनुसार डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन कयौँ गुणा बढी सङ्क्रामक छ ।

    उनले मानिसहरूलाई कोरोना खोपको दुई डोज पर्याप्त नभएको भन्दै बुस्टर डोज लिन सक्नेका लागि लिन अपिल गरेका छन् । ​

    जहावीले एक अन्तर्वार्ताका क्रममा बीबीसीसँग महामारीपछि स्थिति सामान्य हुने दिशा तर्फ गइरहेको भए पनि नयाँ भेरियन्टले रुकावटको अवस्था बनेको बताए ।

    उनले जनवरीमा स्कुल खोल्नका लागि पूरै कोशिश गरिएको भए पनि सुरक्षा पहिलो प्राथमिकतामा भएको बताए । बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सीका प्रमुख मेडिकल सल्लाहकार डा सुजैन हपकिन्सले अस्पतालमा ओमिक्रोन सङ्क्रमितको सङ्ख्या बढिरहेको आशङ्का गरे ।

    अहिलेसम्म अस्पतालमा जो पुगिरहेका छन् उनीहरू ओमिक्रोनका कारण सङ्क्रमित भएर पुगे वा अन्य कारणले भन्ने पूर्ण रूपमा स्पष्ट नभएको उनको भनाइ छ ।

    उनका अनुसार बेलायतमा अहिलेसम्म ओमिक्रोनका कारण कसैको मृत्यु भने भएको छैन ।

  • सम्बन्धित विषय:

  • # ओमिक्रोन सङ्क्रमित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology