नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मतदानस्थलमा फोटो/भिडियो खिच्न नपाएको विरोधमा पत्रकारहरुले विरोध जनाएका छन् ।
उनीहरुले राष्ट्रियसभा गृहको मुख्य गेट नजिकै क्यामेरा भुइँमा राखेर विरोध जनाएका हुन् ।
प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले मतदान गरेको तस्बिर र भिडियो लिन खोज्दा सुरक्षाकर्मीले अवरोध गरेपछि फोटो पत्रकारहरुले क्यामेरा डाउन गरेका हुन् ।
पत्रकारहरु जारी मतदानको फोटो/भिडियो खिच्न बुथतर्फ जाँदै गर्दा सुरक्षाकर्मीले धकेलेर जान दिएका थिएनन् । त्यसको विरोधमा उनीहरुले क्यामेरा डाउन गरेका हुन् ।