एजेन्सी । भारतमा पंचायतको निर्वाचनमा पराजित भएपछि एक स्थानीय नेताले दुई जना दलितलाई निर्घातपूर्ण रुपमा कुटेका छन् ।
दतिलकै कारण आफू पराजित भएको भन्दै पन्चायतको प्रमुखका उम्मेदवार बलवान्त सिंहले दलितलाई निर्धात कुटेका हुन् ।
दलितहरुले आफूलाई मतदान नगरेको उनले आरोप लगाएका छन् ।
दुबै जना दलितहरुले मदिरा सेवन गरेर मतदानस्थलमा मतदाता भड्काएको उनले आरोप लगाएका छन् । सिंहले दलितलाई कुटेको भिडियो सामाजिक संजालमा भाइरल बनेको छ ।
भाइरल भिडियोमा सिंहले दुई जना कथित दलित समुदायका व्यक्तिको गर्धन समाएर सडकमा लक्षारपछार गरेको देखिन्छन् । घटनापछि सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।
दलितलाई उनले दुर्व्यवहार गरेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।