Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवासको हस्तक्षेप छानबिन गर्न,कमल थापाको माग

पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवासको हस्तक्षेप छानबिन गर्न,कमल थापाको माग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २७, २०७८ सोमवार • १९:२०:१४ बजे
  • 1.4K
    SHARES
  • पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवासको हस्तक्षेप छानबिन गर्न,कमल थापाको माग

    राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष राजेन्द्र लिङ्देनलाई कमल थापाले चार बुँदे पत्र पठाएका छन् ।

    images

    पार्टीको हालै सम्पन्न महाधिवेशनमा अध्यक्षमा पराजित भएका निवर्तमान अध्यक्ष थापाले नवनिर्वाचित पार्टी अध्यक्ष लिङ्देनलाई चार बुँदे पत्र पठाएका हुन् । थापाले पत्रको सुरूमा लिङ्देनलाई बधाई दिएका छन् ।

    उनले महाधिवेशनका क्रममा भएको पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न पनि माग गरेका छन् । थापले पत्रमा राप्रपा महाधिवेशनमा निर्मल निवासको हस्तक्षेप थियो भन्नेबारे आफूसँग यथेष्ट प्रमाणहरू भएको दाबी गरेका छन् ।

    थापाले यसलाई हारेपछिको आक्रोशका रूपमा मात्र नबुझ्न पनि भनेका छन् ।

    निर्मल निवासको हस्तक्षेपको विषयको निराकरण नभएसम्म पार्टीले गति लिन नसक्ने पनि उनको बताएका छन् । देश गणतन्त्रमय भएको बेला शीरमा कफन बाँधेर राजतन्त्रको झण्डा बोकेर हिँड्ने मुख्य व्यक्ति आफूलाई त कोपभाजन पारिएको भन्दै थापाले सोमबार लिङ्देन पत्रमार्फत असुरक्षित रहेको बताएका हुन् ।

    उनले पत्रमा भनेका छन्, ‘सिंगो मुलुक गणतन्त्र भएको बेला शीरमा कफिन बाँधेर राजतन्त्रको एजेन्डा बोकेर हिँड्ने मुख्य व्यक्ति त कोपभाजनमा पर्दछ भने निर्मल निवासको अगाडि कोही पनि सुरक्षित छैन ।

    तपाई पनि हुनुहुन्न । तपाईको योग्यता र क्षमताबाट म प्रभावित छु । तर, ढिलो चाँडो तपाई यो प्रवृत्तिको अवश्य शिकार हुनुहुनेछ । पार्टीभित्र यस्तो अवस्था सिर्जना हुनु दूर्भाग्यपूर्ण छ ।’

    k1.jpg

    k2.jpg

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology