Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

नेकपा मओवादी केन्द्रको प्रदेश १ सम्मेलन दुई दिन स्थगित

नेकपा मओवादी केन्द्रको प्रदेश १ सम्मेलन दुई दिन स्थगित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २७, २०७८ सोमवार • १९:३६:२० बजे
  • 811
    SHARES
  • नेकपा मओवादी केन्द्रको प्रदेश १ सम्मेलन दुई दिन स्थगित

    नेकपा मओवदी केन्द्रो प्रदेश सम्मेलन दुई दिनका लागि स्थगित भएको छ ।

    images

    नेतृत्वमा सहमति हुन नसक्दा अधिवेशन स्थगित भएको हो । तीन दिन बित्दासमेत पदाधिकारी चुन्न नसकेको प्रदेश अधिवेशन केन्द्रको निर्णय पर्खनका लागि दुई दिन स्थगित गरेको हो ।

    अध्यक्षमा सहमति हुन नसकेपछि स्थगित गरीएको एक नेताले बताए । प्रदेश १ मा तीनजना अध्यक्षको दौडमा रहेका छन् । सुरेशकुमार राई (हिमाल), प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो ९मौसम० र हेमराज भण्डारी अध्यक्षका लागि मैदानमा छन् ।

    राई वर्तमान अध्यक्ष हुन् भने भण्डारी सचिव हुन् । आङवो भने प्रदेशको जिम्मेवारीमा छैनन् । नयाँ नेतृत्वका लागि २५९ सदस्यीय कमिटी भने बनिसकेको छ ।

    सोही कमिटीबाट पदाधिकारी छनोट गर्नु पर्ने भएपनि सहमति नुजुटेपछि दुई दिनका लागि स्थगित गरीएको नेकपा माओवादी प्रदेश कमिटिले जनाएको छ ।

    शनिबार सुरु भएको प्रदेश सम्मेलनले आइतबार नेतृत्व चयन गर्ने कार्यतालिका रहेपनि पनि अध्यक्षका आकांक्षीबीच कुरा नमिलेपछि स्थगित भएको हो ।

    गएराति अबेरसम्म सहमतिका लागि छलफल हुँदासमेत तीनै जनाले आ–आफनो अडान नछाडेपछि समस्या परेको बताइएको छ । उमेदवारहरु चुनावी प्रकृयामा गएपछि माथिल्ला कमिटीमा जान नपाउने पाटीको विधान भएकाले सहमतिका लागि जोड बल भइरहेको माओवादीका नेताहरु बताउँछन् ।

    बुधबार सम्ममा सर्वसम्मतनै नेतृत्व चयन गरीने माओवादीका नेता नवराज चाँपागाइको दावी रहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology