Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

नेपाली कांग्रेस निर्वाचन मत परिणाम : तीन हजार ७७९ मत गणना हुँदा देउवालाई १७९८, अरु कसले कति ल्याए ?

नेपाली कांग्रेस निर्वाचन मत परिणाम : तीन हजार ७७९ मत गणना हुँदा देउवालाई १७९८, अरु कसले कति ल्याए ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २८, २०७८ मंगलवार • ०८:४०:१० बजे
  • 814
    SHARES
  • नेपाली कांग्रेस निर्वाचन मत परिणाम : तीन हजार ७७९ मत गणना हुँदा  देउवालाई १७९८, अरु कसले कति ल्याए ?

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनको मतपरिणामअनुसार सभापति पदमा प्रधानमन्त्री एवं पार्टीका वर्तमान सभापति शेरबहादुर देउवाले मतान्तर बढाउँदै लगेका छन् ।

    images

    राष्ट्रिय सभागृहमा जारी मतगणनामा प्रधानमन्त्री देउवाले सुरूआतदेखि अग्रता लिएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

    बिहान तीन हजार ७७९ मत गणना हुँदा सभापति देउवाले १७९८, सभापतिका अरु उम्मेदवारहरू क्रमशः डा शेखर कोइरालाले १४२३, प्रकाशमान सिंहले २८६, विमलेन्द्र निधिले २०१ र कल्याण गुरूङले १९ मत प्राप्त गरेका समितिले जनाएको छ ।

    सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए ।

    मतदान सकिएलगत्तै मतपेटिका शिलबन्दी गर्ने, मुचुल्का तयार गर्ने, मतगणना आचारसंहिता तयार गर्नेलगायत आवश्यक प्रक्रिया पूरा गरी मतगणना सुरु गरिएको हो ।

    सभापतिमा जित्न २३४० मत चाहिन्छ । कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology