Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाली कांग्रेसको सभापतिको दोस्रो चरणको निर्वाचन: देउवालाई प्रकाशमानको समर्थन

नेपाली कांग्रेसको सभापतिको दोस्रो चरणको निर्वाचन: देउवालाई प्रकाशमानको समर्थन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २८, २०७८ मंगलवार • ११:४९:२९ बजे
  • 799
    SHARES
  • नेपाली कांग्रेसको सभापतिको दोस्रो चरणको निर्वाचन: देउवालाई प्रकाशमानको समर्थन

    नेपाली कांग्रेसको सभापतिको दोस्रो चरणको निर्वाचनमा प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।

    images

    मंगलबार बिहान चाक्सीबारीमा भएको देउवा सिंह भेटवार्तामा यस्तो सहमति भएको हो ।

    दुवै नेताबीच लिखित सहमति भएको छ। कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदको अन्तिम मत परिणामअनुसार देउवाले २२५८, शेखर कोइरालाले १७०२, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाएका थिए ।

    देउवाले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको छ ।

    त्यसअघि नै देउवालाई सिंहले समर्थन गर्ने निर्णय गरेका हुन् । भेटवार्तामा उपसभापतिकी उम्मेदवार सुजाता कोइराला पनि उपस्थित थिइन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology