Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

क्यानडाको सेनामा भएको यौन दुर्व्यवहारबारे क्यानडाकी रक्षामन्त्रीले मागिन् माफी

क्यानडाको सेनामा भएको यौन दुर्व्यवहारबारे क्यानडाकी रक्षामन्त्रीले मागिन् माफी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २८, २०७८ मंगलवार • १२:४७:२७ बजे
  • 733
    SHARES
  • क्यानडाको सेनामा भएको यौन दुर्व्यवहारबारे क्यानडाकी रक्षामन्त्रीले मागिन् माफी

    एजेन्सी । क्यानडाको सेनामा भएको यौन दुर्व्यवहार र पीडितप्रति सरकारले क्षमा मागेको छ ।

    images

    रक्षामन्त्री अनिता आनन्द, सहायक रक्षामन्त्री जोडी थोमस र जनरल वायन आयरले संयुक्त रुपमा माफी मागेका हुन् । ‘दन्डहीनता र प्रणालीगत त्रुटीका कारण अनगिन्ती जीवनमा हानी पुगेको छ,’ रक्षामन्त्री आनन्दले भनिन्, ‘यो रक्षा मन्त्रालय, क्यानडाको सेना र सरकारको असफलता हो ।

    त्यसका लागि सरकारका तर्फबाट माफी माग्न चाहन्छु,’ उनले भनिन् । यौन दुर्व्यवाहरको घटनालाई लिएर एक वर्षयता सेनाका वरिष्ठ अधिकारीहरु पदमुक्त भएका छन् ।

    अहिलेसम्म पूर्व तथा वहालवाला गरि ११ जना सैन्य अधिकारी बर्खास्तगीमा परेका छन् । उनीहरुमाथि सरकारले अनुसन्धान गरिरहेको छ ।

    पूर्व तथा वर्तमान गरी नोभेम्बरसम्म १९ हजार जनाले आफूहरुमाथि यौन दुर्व्यवहार भएको भन्दै गुनासो गर्दै आएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology