Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

विश्वप्रकाश र विमलेन्द्र निधिको समर्थन देउवालाई

विश्वप्रकाश र विमलेन्द्र निधिको समर्थन देउवालाई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २८, २०७८ मंगलवार • १२:५४:२४ बजे
  • 502
    SHARES
  • विश्वप्रकाश र विमलेन्द्र निधिको समर्थन देउवालाई

    नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार रहेका विश्वप्रकाश शर्माले पनि सभापतिका लागि शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।

    images

    आफू नेता प्रकाशमान सिंहको टिमबाट महामन्त्रीको उम्मेदवार भएकाले सिंह उभिएको ठाउँमा आफू पनि उभिने उनले बताएका हुन् ।

    सिंहले देउवालाई समर्थन गर्ने निर्णय गरिसकेका छन् । शर्माले सामाजिक सञ्जालमा लेखेका छन्– ‘सर्वसम्मति सर्वोत्तम। दोस्रो चरणमा जानै पर्दा प्रस्ट्याउँदछु, नेता प्रकाशमान सिंहको नेतृत्वमा महामन्त्रीको उम्मेदवार भएकाले उहाँ उभिनु भएको ठाउँमा म उभिनुपर्छ ।

    पराजित भएपनि उहाँलाई साथ दिनु मेरो कर्तव्य हो, सही निर्णय गर्न सक्ने उहाँको क्षमताप्रति म विश्वस्त छु।  नेता विमलेन्द्र निधिले पनि सभापति पदको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।

    देउवासँगको भेटपछि नेता निधिले देउवालाई नै समर्थन गर्ने जानकारी दिएका हुन् । यसअघि अर्का उम्मेदवार प्रकाशमान सिंहले पनि दोस्रो चरणको निर्वाचनमा देउवालाई साथ दिने बताइसकेका छन् ।

    त्यस्तै महामन्त्रीका उम्मेदवार रहेका विश्वप्रकाश शर्माले पनि सभापतिका लागि देउवालाई समर्थन गर्ने बताएका छन् । पहिलो चरणमा निधि पनि सभापति पदका उम्मेदवार थिए ।

    पहिलो चरणमा देउवाले सबैभन्दा बढी मत ल्याए पनि ५० प्रतिशत मत कटाउन भने सकेनन् । दोस्रो धेरै मत सभापति पदका उम्मेदवार शेखर कोइरालाले ल्याएका थिए । देउवा र कोइरालाबीच आज अपरान्ह ३स्३० बजे सभापति पदमा फेरि निर्वाचन हुने भएको छ  ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology