Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

संसद बैठक : ६ वटा विेधेयक पेश भएसँगै पुष ६ गतेसम्मका लागि स्थगित

संसद बैठक : ६ वटा विेधेयक पेश भएसँगै पुष ६ गतेसम्मका लागि स्थगित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २८, २०७८ मंगलवार • १६:४०:०९ बजे
  • 631
    SHARES
  • संसद बैठक : ६ वटा विेधेयक पेश भएसँगै  पुष ६ गतेसम्मका लागि स्थगित

    एमाले सांसदको नाराबाजीका बीच संघीय संसदको बैठक सुरु गरेर स्थगित गरिएको छ ।

    images

    सभामुख सापकोटासमक्ष ६ वटा विेधेयक पेश भएसँगै बैठक पुष ६ गतेसम्मका लागि स्थगित भएको छ । मंगलबारको बैठकमा सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ पेस गरेका छन् ।

    मन्त्री बडुले नै तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ पनि सभामुख समक्ष पेस गरेका छन् ।

    सभामुख समक्ष रेल्वे अध्यादेश २०७८, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पनि संसदमा पेस भएको छ ।

    मंगलबार बसेको पहिलो हिउँदे अधिवेशन बैठक सुरु भएलगत्तै नेकपा एमालेले नाराबाजी सुरु गरेका थिए तर, सभाुमख अग्निप्रसाद सापकोटाले विरोधका बीचमा बैठक अघि बढाएका थिए ।

    पार्टीले कारबाही गरेका १४ सांसदहरुलाई सभामुखले कारबाही नगरेसम्म बैठक अघि बढ्न नदिने एमालेले पूरानै अडानले लिएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology