Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

१४औँ महाधिवेशन: सभापतिका लागि दोस्रो चरणको मतदान सुरु

१४औँ महाधिवेशन: सभापतिका लागि दोस्रो चरणको मतदान सुरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २८, २०७८ मंगलवार • १६:४२:४८ बजे
  • 823
    SHARES
  • १४औँ महाधिवेशन: सभापतिका लागि दोस्रो चरणको मतदान सुरु

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको पुनः मतदान सुरु भएको छ ।

    images

    सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पार्टीको विधान अनुसार सभापति पदका लागि पुनःमतदान सुरु ।

    निर्वाचन समितिले दोस्रो चरणको मतादानका लागि साढे ३ बजेदेखि ७ बजेसम्मको समय निर्धारण गरेको छ । सभापति पदमा मात्र मतदान हुने भएकाले मतदान छिटो हुने निर्वाचन समितिको भनाइ छ ।

    काठमाडौँको राष्ट्रियसभा गृहमा कायम गरिएको मतदानस्थलमा सभापतिका दुवै प्रत्यासी प्रधानमन्त्री देउवा र नेता कोइराला मतदान स्थलमा उपस्थित छन् । यसैबीच सभापतिका उम्मेदवार प्रधानमन्त्री देउवाले मतदान गरिसकेका छन् ।

    १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रत्याशी थिए । पहिलो चरणमा देउवाले २ हजार २५८ मत पाएका थिए ।

    त्यस्तै, कोइरालाले १ हजार ७०२, सिंहले ३७१, निधिले २४९ र गुरुङले २२ मत पाएका थिए । कुनै उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणका लागि मतदान हुन लागेको हो ।

    दोस्रो चरणमा देउवा र कोइराला प्रतिस्पर्धी छन् । देउवालाई सिंह, निधि र गुरुङले समर्थन गर्ने भएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology