Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण

एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २८, २०७८ मंगलवार • १६:५७:२८ बजे
  • 421
    SHARES
  • एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण

    एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण भएको छ ।

    images

    नेता ज्ञवालीले मंगलबार आफूमा संक्रमण देखिएको पुष्टि गरेका हुन् ।

    कोभिड संक्रमण देखिए पनि आफूमा लक्षण सामान्य रहेको उनको भनाइ छ । नेता ज्ञवालीले चार पाँच दिनका बीचमा निकट सम्पर्कमा आएका सबैलाई सजग र सुरक्षित रहन पनि आग्रह गरेका छन् ।

    ‘कोभिड संक्रमण देखिएको छ । लक्षण सामान्य छन् । विगत ४५ दिनका बीचमा निकट सम्पर्कमा आउनु भएका सबैलाई सजग र सुरक्षित रहन एवं कुनै लक्षण देखिनासाथ परीक्षण गराउनु हुन अनुरोध छ ।

    सम्पर्कका लागि एसएमएस या इमेल प्रयोग गरिदिनु भए आभारी हुने थिएँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

    केही दिनदेखि एमाले बैठक जारी छ । उनी यसअघि सम्पन्न केन्द्रीय कमिटीको बैठकमा समेत उपस्थित भएका थिए । मंगलबार संसदीय दलको बैठक बसेको थियो ।

  • सम्बन्धित विषय:

  • # एमाले उपमहासचिव
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology