Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

माओवादी केन्द्र : कर्णाली प्रदेशको प्रथम अधिवेशनमा २११ जनाको प्रदेश कमिटी घोषणा

माओवादी केन्द्र : कर्णाली प्रदेशको प्रथम अधिवेशनमा २११ जनाको प्रदेश कमिटी घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २८, २०७८ मंगलवार • १७:४९:५५ बजे
  • 1.0K
    SHARES
  • माओवादी केन्द्र : कर्णाली प्रदेशको प्रथम अधिवेशनमा २११ जनाको प्रदेश कमिटी घोषणा

    नेकपा माओवादी केन्द्रको चार दिनदेखि चलेको कर्णाली प्रदेशको प्रथम अधिवेशनमा २११ जनाको प्रदेश कमिटी घोषणा गरेको छ । नौ सदस्यीय पदाधिकारीमा धेरै आंकाक्षी रहेका कारणले पदाधिकारीविना प्रदेश कमिटी गठन गरेको हो ।

    images

    २११ जनाको बैठक बसेर नेतृत्व चयन गर्ने माओवादी केन्द्रका एक नेताले बताए । ‘यहाँ पनि सहमति हुन सकेन भने पार्टी अध्यक्षले नेतृत्व चयन गर्नुहुनेछ,’ उनले भने, ‘सकभर यहीँ सहमति खोज्ने प्रयास हुनेछ ।’

    नेकपा माओवादी केन्द्रको प्रथम कर्णाली प्रदेश सम्मेलनबाट नेतृत्व चयन गर्न सकेको छैन । शनिबारबाट सुरू भएको सम्मेलनबाट नेतृत्वका लागि आंकाक्षी धेरै भएका कारणले सर्वसम्मत नेतृत्व चयन हुन नसकेको हो ।

    माओवादी केन्द्रका एक नेताका अनुसार प्रदेश अध्यक्षका लागि पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, पूर्वमन्त्री नरेश भण्डारी, टेकबहादुर बस्नेत, राजकुमार शर्मा र रामदीप आचार्यले दाबी गरिरहेका छन् ।

    केन्द्रले वर्तमान अध्यक्ष राजकुमार शर्मालाई नै प्रदेश अध्यक्ष बनाउन दबाब दिएको छ भने अन्य नेताहरूले अध्यक्षमा आफ्नो दाबी छाडेका छैनन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology