Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

वागमती प्रदेशमा मन्त्री थप गरेसँगै मन्त्रालयको संख्या १४ पुग्यो

वागमती प्रदेशमा मन्त्री थप गरेसँगै मन्त्रालयको संख्या १४ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २८, २०७८ मंगलवार • १८:२४:३५ बजे
  • 607
    SHARES
  • वागमती प्रदेशमा मन्त्री थप गरेसँगै मन्त्रालयको संख्या १४ पुग्यो

    वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन् ।

    images

    मंगलबार पाण्डेले नेकपा माओवादी केन्द्रका तीन र नेकपा एकीकृत समाजवादीका दुई गरि ५ मन्त्रीसहित एक राज्यमन्त्री थपेका छन् ।

    मुख्यमन्त्री पाण्डेले माओवादी केन्द्रका घनश्याम दाहाललाई श्रम, रोजगार तथा यातायात मन्त्री, विशाल खड्कालाई वन तथा वातावरणमन्त्री र रत्नप्रसाद ढकाललाई युवा तथा खेलकुदमन्त्री बनाएका छन् ।

    नेकपा एसबाट बसन्त मानन्धरलाई खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र बसुन्धरा हुमागाईंलाई कृषि तथा पशुपंक्षी विकास मन्त्री बनाइएको छ भने इन्द्रमाया गुरुङ कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री बनेकी छन् ।

    नवनियुक्त मन्त्रीहरुले मंगलबार साँझ पद तथा गोपनीयताको शपथ लिनेछन् । वागमती प्रदेशमा मंगलबार मन्त्री थप गरेसँगै मन्त्रालयको संख्या १४ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # वागमती प्रदेशमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology