Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

आर्थिक समृद्धिका लागि स्वदेशी उत्पादनको प्रयोग गर्न उपराष्ट्रपति पुनको आग्रह

आर्थिक समृद्धिका लागि स्वदेशी उत्पादनको प्रयोग गर्न उपराष्ट्रपति पुनको आग्रह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २८, २०७८ मंगलवार • १८:५८:५६ बजे
  • 571
    SHARES
  • आर्थिक समृद्धिका लागि स्वदेशी उत्पादनको प्रयोग गर्न उपराष्ट्रपति पुनको आग्रह

    उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको आर्थिक समृद्धिका लागि आयात प्रतिस्थापन गरेर बढ्दो व्यापार घाटालाई निर्मुल गर्नुपर्ने बताएका छन् ।

    images

    नेपाल हस्तकला महासंघले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले व्यापार घाटा चुलिँदै गएको वर्तमान अवस्थामा आयात प्रतिस्थापन गरेर बढ्दो व्यापार घाटालाई निर्मुल गर्नुपर्ने बताएका हुन् ।

    उपराष्ट्रपति पुनले स्वदेशी उत्पादनलाई माया र प्रवर्द्धन गर्नुपर्ने बताउँदै सबैले स्वदेशी उत्पादनको प्रयोग गर्न पनि आग्रह गरे ।

    त्यस्तै, उनले हस्तकला व्यवसायीहरुले गुणस्तरीय वस्तु उत्पादनमा ध्यान केन्द्रित गरी निर्यातमा जोड दिनुपर्ने पनि जिकिर गरे।

    उनले हस्तकला क्षेत्रको समस्याहरु कलाकार तथा व्यवसायीको मात्र नभई राज्यको पनि भएकाले यसलाई राज्यले गम्भीर रुपले दिने बताए ।

    कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष सागरशमशेर जबरालाई सम्मान गरिएको थियो भने केही निकासीकर्तालाई पनि सम्मान गरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # आर्थिक समृद्धिका
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology