Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तत्काल एमसिसी संसद्मा पेस नगर्न चिनियाँ दबाब

तत्काल एमसिसी संसद्मा पेस नगर्न चिनियाँ दबाब

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २९, २०७८ बुधवार • ०८:३४:५४ बजे
  • 805
    SHARES
  • तत्काल एमसिसी संसद्मा पेस नगर्न चिनियाँ दबाब

    नेपाल सरकारले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गर्न संसद्मा पेस गर्ने संकेत पाएपछि चीनले तत्काल यससम्बन्धी थप प्रक्रिया अघि नबढाउन सबै राजनीतिक दललाई दबाब दिएको छ।

    images

    चिनियाँ पक्षले सत्ता गठबन्धनमा सहभागी नेपाली कांग्रेस,माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा प्रमुख प्रतिपक्षी दल एमालेलाई यस्तो दबाब दिएको हो।

    चीन सरकारका अधिकारीहरूले नेपालका ठूला भनिएका सबै दललाई संसद्मा एमसिसी पेस नगर्न दबाब दिएको स्रोतको दाबी छ। सरकारले संघीय संसद्को चालु अधिवेशनमा एमसिसी पेस गर्ने तयारी गरेको छ।

    संसद्को हिँउदे अधिवेशन मंगलबारदेखि सुरु भएको छ।

    सरकारले संसद् अधिवेशन बोलाएपछि चिनियाँ अधिकारीले नेपालका सबै दलका नेतालाई टेलिफोन गरी नेपाल–चीन सम्बन्ध प्रगाढ र ऐतिहासिक रहेको स्मरण गराउँदै एमसिसीमा पुनर्विचार गर्न आग्रह गरेको स्रोतले बतायो।

    यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # चिनियाँ दबाब
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology