Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

कांग्रेस पदाधिकारी र सदस्यको मतगणना आजै

कांग्रेस पदाधिकारी र सदस्यको मतगणना आजै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २९, २०७८ बुधवार • ०८:३६:४३ बजे
  • 799
    SHARES
  • कांग्रेस पदाधिकारी र सदस्यको मतगणना आजै

    नेपाली कांग्रेसको पदाधिकारी तथा केन्द्रीय सदस्यको मत गणना आजै सुरु हुने भएको छ।

    images

    १४औं महाधिवेशनअन्तर्गत सभापतिको अन्तिम परिणाम घोषणा गरेसंगै निर्वाचन आयोगका संयोजक वरिष्ठ अविक्ता गोपालकृष्ण घिमिरेले आजै दिउँसोबाट बाँकी मत गणना थालनी गरिने बताए ।

    अन्य पदाधिकारीको मतपेटिका पार्टी कार्यालय सानेपामा लगेर राखिएको छ।

    मत गणना सानेपामै गर्ने तयारी छ। अब पहिले महमन्त्रीलगायत पदाधिकारीको गणना हुने उनले बताए।

    लगातार गणना गरी एक साताभित्रै सबैको परिणाम घोषणा गर्ने तयारी आयोगले गरेको छ। महाधिवेशनबाट शेरबहादुर देउवा पार्टी सभापतिमा विजयी भैसकेका छन्।

    प्रतिस्पर्धी शेखर कोइरालालाई ९०७ मतले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि कांग्रेसको सभापतिमा विजयी भएका हुन्। सभापति चुन्नका लागि मंगलबार दोस्रो चरणको मतदान भएको थियो ।

  • सम्बन्धित विषय:

  • # मतगणना आजै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology