Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमसिसी बोर्ड बैठक बस्दै, नेपालबारे छलफल हुने

एमसिसी बोर्ड बैठक बस्दै, नेपालबारे छलफल हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २९, २०७८ बुधवार • ०८:३८:२२ बजे
  • 814
    SHARES
  • एमसिसी बोर्ड बैठक बस्दै, नेपालबारे छलफल हुने

    नेपालमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) संसद्बाट पारित गरी कार्यान्वयनमा ल्याउने विषयमा विवाद भइरहेका बेला नेपाली समयअनुसार बुधबार बिहान वासिङ्टनमा एमसिसी बोर्ड बैठक बस्ने भएको छ।

    images

    बैठकमा नेपालको विषयमा छलफल हुनेछ।

    नेपालमा एमसिसी कार्यान्वयनमा ढिलाइ भइरहँदा अमेरिकाले यसबारे उच्च चासो देखाएको छ।

    अमेरिकी अधिकारीले काठमाडौं आएर एमसिसीलाई कार्यान्वयनमा लैजान दलका नेता र सरकारलाई आग्रह गरिसकेका छन्।

    पछिल्लोपटक दक्षिण तथा मध्य एसियासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाल भ्रमण गरेर एमसिसी कार्यान्वयनका लागि उच्च राजनीतिक नेतृत्वसँग आग्रह गरेका थिए।

    उनले प्रधानमन्त्री शेरबहादुर देउवा तथा सत्ता गठबन्धन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर नेपालले एमसिसी तत्काल कार्यान्वनयमा नलगे यो परियोजना फिर्ता लैजाने बताएका थिए।

    आजको नागरिक दैनिकमा समाचार छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology