Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ओलीले ६ महिनामा दुई-दुई पटक संसद् विघटन गरेर देशलाई अस्थिरतातर्फ धकेले :रामचन्द्र पौडेल

ओलीले ६ महिनामा दुई-दुई पटक संसद् विघटन गरेर देशलाई अस्थिरतातर्फ धकेले :रामचन्द्र पौडेल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २९, २०७८ बुधवार • १०:४३:४० बजे
  • 1.3K
    SHARES
  • ओलीले ६ महिनामा दुई-दुई पटक संसद् विघटन गरेर देशलाई अस्थिरतातर्फ धकेले  :रामचन्द्र पौडेल

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि संगिन आरोप लगाएका छन् ।

    images

    एमालेले संसद अवरोध गरिरहेको सन्दर्भलाई उल्लेख गर्दै पौडेलले त्यसलाई  देशलाई अस्थिरतातर्फ धकेल्ने दूस्प्रयासुको रुपमा अर्थ्याएका छन् ।

    ‘६ महिनाको समयमा दुई(दुई पटक संसद् विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्‍याउने एमाले ओलीले महिनौ दिनदेखि संसद अवरोध गरेर विघटन सही थियो भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरतातर्फ धकेल्ने दुस्प्रयास गर्दैछन् ।’

    पौडेलले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । सरकारले पनि संसद सूचारू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास गर्नुपर्ने उनको भनाइ छ।

    सरकार सदन बीचैमा अन्त्य गरी अघि बढेमा ओलीको नियतिका सामू समर्पण गरेको ठहरिने उनले उल्लेख गरेका छन् ।

    ‘संसद चलाउछु र संसदबाटै सबै निकास खोज्छुु भनेर आएको सरकारले पनि संसद सूचारू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गरी अघि बढ्यो भने ओलीको नियतिका सामू समर्पण गरेको ठहरिनेछ ।’

    उनले भनेका छन्, ‘राष्ट्रलाई अनिश्चिततातर्फ धकेल्ने यी आपत्तिजनक क्रियाकलापतर्फ सचेत रहन आमनागरिकको ध्यानाकर्षण गर्दछु ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology