Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

एमालेका मनोनित केन्द्रीय सदस्यले लिए शपथ,सबैलाई न्याय गर्न सकिएन :ओली

एमालेका मनोनित केन्द्रीय सदस्यले लिए शपथ,सबैलाई न्याय गर्न सकिएन :ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २९, २०७८ बुधवार • १३:३९:४७ बजे
  • 757
    SHARES
  • एमालेका मनोनित केन्द्रीय सदस्यले लिए शपथ,सबैलाई न्याय गर्न सकिएन :ओली

    नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनीत सदस्यहरूले आज शपथ ग्रहण गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरूलाई केहीबेरअघि तुलसीलाल प्रतिष्ठान च्यासलमा शपथ ग्रहण गराएका हुन्।

    images

    एमालेले खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका नौ जना गरी जम्मा ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।

    एमालेको विधानमा भएको व्यवस्था अनुसार केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनीत गरिएको हो। मेडिकल व्यवसायी दुर्गा प्रसाईँदेखि संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईसम्मका नेताहरू मनोनीत भएका हुन्।

    एमाले केन्द्रीय कमिटी सदस्यमा मनोनीत भएका अनेरास्ववियुका पूर्व अध्यक्ष ऐन महरले पनि शपथ लिएका छन्। त्यसैगरी भूगोलबाट छुटेका पर्वतका पदम गिरीले पनि केन्द्रीय सदस्यको शपथ लिएका छन्।

    केपी शर्मा ओलीले दसौं महाधिवेशनबाट देशलाई ठूलो सन्देश दिएको बताएका छन्। बुधवार ललितपुरमा आयोजित मनोनीत केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा ओलीले महाधिवेशनबाट विचार प्रवाह भएको दाबी गरे। ‘हामीले महाधिवेशनबाट ठूलो विचार प्रवाह गरेका छौं।

    देशलाई नै सन्देश दिएका छौं,’ उनले भनेका छन्, ‘अत्यन्तै प्रशोधित रुपमा हाम्रा विचार कार्यान्वयन गर्छौं। बरु गाडीको ब्रेक फेल हुन्छ, तर एमालेको विचारको ब्रेक फेल हुँदैन। हामी विचारमा बलिया र अगाडि पनि छौं।’

    ओलीले पार्टीका असन्तुष्ट नेताहरूलाई छाती फराकिलो बनाउन आग्रह पनि गरे। आफूहरूको काम देश बनाउने भएकोले यो पटक छुटेका र असन्तुष्ट नेताहरूलाई सानो मन नबनाउन र चित्त नदुखाउन उनले आग्रह गरे।

    ओलीले कतिपयलाई न्याय गर्न नसकिएको पनि हुन सक्ने बताए। ‘न्याय कतै नभएको पनि हुनसक्छ। उस्तै उस्ता ठानिएकोमा कतै सूचना नपुगेको, न्यायको विन्दुमा नपुगेको पनि हुनसक्छ,’ उनले भने।

    हालै सम्पन्न केन्द्रीय कमिटी बैठकमा केन्द्रीय कमिटीमा मनोनीत गर्दा, पोलिटब्युरो गठन र कार्य विभाजनमा कतिपय नेताहरूले असन्तुष्टि जनाएका थिए।

    ‘सबैलाई चित्त त कसरी बुझाउन सकिन्छ र ? मलाई थाहा छ असन्तुष्टि छ,’ उनले भने, ‘हामी सकेसम्म मिलाएर अघि बढ्न तयार छौं। सबैको चित्त बुझाउन सकिएन। यो कुरा म स्वीकार्छु।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology