Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

यस्तो छ उपसभापति गुरुङको राजनीतिक पृष्ठभूमि

यस्तो छ उपसभापति गुरुङको राजनीतिक पृष्ठभूमि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १, २०७८ बिहिवार • ०८:३७:१७ बजे
  • 934
    SHARES
  • यस्तो छ उपसभापति गुरुङको राजनीतिक पृष्ठभूमि

    नेपाली कांग्रेसका युवा नेता धनराज गुरुङको राजनीतिक यात्रा छलाङको गतिमा अघि बढेको छ ।

    images

    यसअघि पार्टीमा केन्द्रीय सदस्य मात्र रहेका उनी काठमाडौंमा आयोजित १४औं महाधिवेशनबाट एकैचोटि कांग्रेस पार्टीको उपसभापति बनेका छन ।

    बुधबार राति २ बजे सार्वजनिक मत परिणामअनुसार उनी विजयकुमार गच्छदारलाई केवल २ मतले पराजित तुल्याउँदै कांग्रेसको उपसभापति बन्न सफल भएका हुन्।

    महाधिवेशनमा सभापति पदमा पराजित शेखर कोइरालाको प्यानलबाट उपसभापति पदमा उम्मेदवारी दिएका गुरुङले १ हजार ९०८ मत ल्याउँदै सभापति पदमा विजयी शेरबहादुर देउवा समूहका गच्छदारलाई हराउन सफल भए ।

    गच्छदारले १ हजार ९०६ मत पाए। देउवा पक्षका पूर्णबहादुर खड्का भने २ हजार १२१ मतका साथ कांग्रेसको उपसभापति बनेका छन्।

    कांग्रेसका दुई उपसभापति पदका लागि ७ जनाले उम्मेदवारी दिएका थिए। त्यसमा दोस्रो नम्बरमा रहेर धनराज गुरुङ विजेता बनेका हुन्।

    यस्तो छ उपसभापति गुरुङको राजनीतिक पृष्ठभूमि

    वि.सं. २०२२ सालमा स्याङ्जा अर्जुनचौपारी गाउँपालिका लामडाँडा गाउँको सामान्य परिवारमा जन्मिएका धनराज गुरुङ २०३६ सालमा विद्यार्थी राजनीतिमा प्रवेश गरेका हुन्।

    नेपाल विद्यार्थी संघको स्याङ्जा जिल्ला सचिव बनेका उनी केन्द्रीय उपसभापति हुँदै ०५३ सालमा केन्द्रीय सभापति भए। वि.सं. २०५४ सालमा तरुण दलका महासचिव र त्यसपछि कांग्रेसको स्याङजा जिल्ला कार्यसमिति सदस्य हुँदै उपसभापति बने। 

    केन्द्रमा यसअघि सदस्यभन्दा माथिको पदमा थिएनन्। राजनीतिक संघर्षका क्रममा विभिन्न समयमा पक्राउ र हिरासत भोगेका धनराज गुरुङले युवाहरूलाई प्रजातान्त्रिक उद्देश्यका लागि एकताबद्ध गर्ने कुरामा विशेष जोड दिंदै आएको पाइन्छ ।

    त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका गुरुङ समाजशास्त्रमा स्नातकोत्तर हुन्।

    कांग्रेसका प्रभावशाली युवा नेताका रूपमा चिनिएका गुरुङले तरुण दलमा महामन्त्री (०५४) बनेयता पार्टीमा पनि सक्रियता बढाउँदै लगे र १२औं महाधिवेशनबाट केन्द्रीय सदस्य बन्न सफल भए ।

    पहिलो र दोस्रो संविधान सभा चुनावमा समानुपातिक कोटाबाट उनी सभासद पनि बने र सार्वजनिक लेखा समितिको सदस्य भएर पनि काम गरे। संविधान सभामा सदस्य हुँदा उनी रातो पासपोर्ट किनबेच काण्डमा मुछिएका थिए। तर पछि निर्दोष प्रमाणित भए।

  • सम्बन्धित विषय:

  • # राजनीतिक पृष्ठभूमि
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology