Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओलीको पूर्वमाओवादी मोह एमालेमा खटपट, नेम्वाङ,सुरेन्द्र पाण्डेभन्दा रामबहादुर थापा वरीयतामा माथि

ओलीको पूर्वमाओवादी मोह एमालेमा खटपट, नेम्वाङ,सुरेन्द्र पाण्डेभन्दा रामबहादुर थापा वरीयतामा माथि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १, २०७८ बिहिवार • ०८:४३:३८ बजे
  • 4.0K
    SHARES
  • ओलीको पूर्वमाओवादी मोह एमालेमा खटपट, नेम्वाङ,सुरेन्द्र पाण्डेभन्दा रामबहादुर थापा वरीयतामा माथि

    एमालेभित्र १०औं महाधिवेशनपछि पूर्वमाओवादीलाई महत्व दिइएको छ।

    images

    पार्टी नेतृत्वले सुरुदेखि नै एमाले भई काम गर्दै आएकालाई भन्दा माओवादी छाडेर आएका नेताहरूलाई महत्वका साथ जिम्मेवारी दिएको छ।

    वरीयताक्रम,कार्यविभाजन र केन्द्रीय सदस्य मनोनयनमा पूर्वमाओवादीलाई महत्व र जिम्मेवारी दिन कुनै कन्जुस्याइँ गरिएको छैन।

    एमाले छाडेर माओवादीमा गएका र फेरि एमालेमै आएका नेताहरूलाई पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले महत्व दिएका छन्।

    अध्यक्ष ओलीले नवौं महाधिवेशनमा आफूलाई असहयोग गर्ने र दसाैँ महाधिवेशनमा बखेडा निकाल्ने नेतालाई भन्दा चुपचाप बस्ने पूर्वमाओवादी नेतालाई पार्टी जिम्मेवारीमा उपल्लो स्थानमा राखेका छन्।

    ओलीले पार्टी उपाध्यक्षहरू विष्णु पौडेल,सुवास नेम्वाङ,सुरेन्द्र पाण्डेभन्दा माओवादीबाट आएका रामबहादुर थापालाई वरीयतामा माथि राखेका छन्।

    थापाले ओली प्रधानमन्त्री हुँदा उनको सरकारमा बसेर सहयोग गरेका थिए।

    याे खबर नागरिक दैनिकमा छ।

  • सम्बन्धित विषय:

  • # एमालेमा खटपट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology