Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राष्ट्रियसभा सदस्य निर्वाचनः पुस १० भित्र दल दर्ता गर्न आह्वान

राष्ट्रियसभा सदस्य निर्वाचनः पुस १० भित्र दल दर्ता गर्न आह्वान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १, २०७८ बिहिवार • ०८:४५:५९ बजे
  • 1.3K
    SHARES
  • राष्ट्रियसभा सदस्य निर्वाचनः पुस १० भित्र दल दर्ता गर्न आह्वान

    निर्वाचन आयोगले १२ माघमा तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ ।

    images

    निर्वाचन प्रयोजनका लागि आजदेखि १० पुससम्म आयोगमा निवेदन दिएर दल दर्ता गर्न भनिएको हो ।

    निर्वाचन कार्यक्रमअनुसार १७ पुसमा निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ भने सोही दिन प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नका लागि दरखास्त दिने, नाम समावेश भएको व्यक्तिले आफ्नो नाम थर उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजुरी दिने कार्यक्रम छ ।

    राष्ट्रिय सभाका २० सदस्यको पदावधि आगामी २० फागुनमा सकिँदै छ ।

    रिक्त हुन गइरहेका एक मनोनितबाहेकका १९ पदका लागि ३५ दिनअगावै निर्वाचन गरेर पदपूर्ति गर्नुपर्ने व्यवस्था छ ।

    एमालेका आठ, माओवादी केन्द्रका चार, नेकपा एकीकृत समाजवादीका चार, कांग्रेसका तीन र मनोनित एक सांसद राष्ट्रिय सभाबाट बिदा हुँदै छन् ।

  • सम्बन्धित विषय:

  • # राष्ट्रियसभा सदस्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology