Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

महामन्त्रीको मतगणना आजै हुने

महामन्त्रीको मतगणना आजै हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १, २०७८ बिहिवार • ०८:४७:५८ बजे
  • 634
    SHARES
  • महामन्त्रीको मतगणना आजै हुने

    नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत महामन्त्री पदका लागि भएको मतदानको मतगणना आज बिहानदेखि सुरु हुँदैछ ।

    images

    कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहान ८ बजेदेखि मतगणना हुनेछ ।

    महामन्त्रीका दुई सिटका प्रकाशशरण महत, प्रदीप पौडेल, गगन थापा, मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा र राजाराम कार्की उम्मेदवार छन् ।

    महत र पौडेल सभापति शेरबहादुर देउवा समूहबाट हुन् भने थापा र रिजाल शेखर कोइराला समूहबाट चुनावी मैदानमा छन् ।

    शर्मा प्रकाशमान सिंह समूहबाट लड्दा कार्की विमलेन्द्र निधि समूहबाट उम्मेदवार बनेका छन् ।

    यसअघि सभापतिमा शेरबहादुर देउवा तथा उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् ।

  • सम्बन्धित विषय:

  • # महामन्त्रीको मतगणना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology