नेपाली कांग्रेसको नेता एवम् १४औँ महाधिवेशनमा महामन्त्रीका प्रतिस्पर्धी डा. मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिएका छन् ।
कांग्रेस महामन्त्रीको अन्तिम नतिजा आइनसक्दै आफू पराजित भएको भन्दै रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएका हुन् ।
“नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु,।
उनले लेखेका छन्,“अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेस गर्नेछु।”
महामन्त्री पदको मतगणना जारी भइरहेका बेला उनी पाँचौँ नम्बरमा छन् ।
