Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतमा कोरोनाभाइरसबाट थप सात हजार ९७४ सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट थप सात हजार ९७४ सङ्क्रमित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १, २०७८ बिहिवार • १३:५२:३७ बजे
  • 736
    SHARES
  • भारतमा कोरोनाभाइरसबाट थप सात हजार ९७४ सङ्क्रमित

    एएनआई/ भारतमा कोरोनाभाइरसबाट थप सात हजार ९७४ सङ्क्रमित भएका छन् ।

    images

    सरकारी अधिकारीले सोही अवधिमा थप ३४३ जनाको कोरोनाका कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

    यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ७६ हजार ४७८ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ ।

    भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेका सङ्क्रमितको सङ्ख्या ८७ हजार २४५ रहेको छ । अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कुल सङ्क्रमितको सङ्ख्याको ०.२५ प्रतिशत मात्रै रहेको मन्त्रालयले जनाएको छ ।

    यो सङ्ख्या सन् २०२० को मार्च पछिकै सबैभन्दा कम रहेको अधिकारीले जनाएका छन् । गएको २४ घण्टामा भारतमा आठ हजार ९४८ कोरोनाबाट मुक्त भएका छन् ।

    यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४१ लाख ५४ हजार ८७९ जनालाई कोरोना सङ्क्रमण निको भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९८.३८ प्रतिशत रहेको जनाइएको छ ।

    यो सङ्ख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको समाचारमा जनाइएको छ । भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६६ करोड २ लाख व्यक्तिको कोरोना परीक्षण भएको छ ।

    यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ३५ करोड २५ लाख डोज खोप लगाइएको जनाइएको छ ।

  • सम्बन्धित विषय:

  • # भारतमा कोरोनाभाइरस
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology