नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत महामन्त्री पदका लागि मतगणना भइरहेको छ ।
पार्टी कार्यालय सानेपामा मतगणना भइरहेकोे निर्वाचन समितिले जनाएको छ ।
महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ । सभापति शेरबहादुर देउवा प्यानलबाट डा. प्रकाशशरण महत, प्रदीप पौडेल, शेखर कोइराला प्यानलबाट गगनकुमार थापा, डा. मीनेन्द्र रिजाल, प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि प्यानलबाट डा. राजाराम कार्कीले महामन्त्रीमा उम्मेदवारी दिएका थिए ।
कांग्रेस विधानमा महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ ।
कसले कति ल्याए मत ?
१४ औं महाधिवेशनअन्तरगत बिहीबार (आज)देखि सुरु भएको महामन्त्री पदको मतगणना जारी छ ।
३१२० मतपत्र गन्दा गगन थापाले सर्वाधिक २०३७ मत पाएको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै विश्वप्रकाश शर्माले १२५५ मत ल्याएका छन् भने प्रदिप पौडेलले ९३५ मत प्राप्त गरेका छन् । मतगणनामा गगन–विश्वप्रकाशले अग्रता बढाउँदै लगेका छन् ।
निर्वाचन समितिका अनुसार प्रकाशशरण महतले १०२४ र मीनेन्द्र रिजालले ५४६ मत पाएका छन् । राजाराम कार्कीले भने ७५ मत ल्याएका छन् ।