Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

वैदेशिक रोजगारीमा हुने ठगी रोक्न श्रम मन्त्रालयमै प्रहरी युनिट

वैदेशिक रोजगारीमा हुने ठगी रोक्न श्रम मन्त्रालयमै प्रहरी युनिट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १, २०७८ बिहिवार • १४:२५:४० बजे
  • 1.1K
    SHARES
  • वैदेशिक रोजगारीमा हुने ठगी रोक्न श्रम मन्त्रालयमै प्रहरी युनिट

    वैदेशिक रोजगारीमा हुने ठगी रोक्न ‘क्वीक एक्सन’ गर्ने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा डीएसपीको कमाण्डमा नेपाल प्रहरीको युनिट राख्ने तयारी भएको छ ।

    images

    वैदेशिक रोजगारी हुने ठगी नियन्त्रण गर्दै ठगहरु उम्कन नदिनका लागि तत्काल एक्सनमा जानुपर्ने स्थिति देखिएकाले प्रहरीको युनिट राख्ने तयारी भएको हो ।

    मन्त्रालयमै प्रहरीको युनिट राख्न लागिएको मन्त्री कृष्णकुमार श्रेष्ठले नागरिकखबरलाई जानकारी दिए । उनले भने, ‘ठगी नियन्त्रण गर्नुका साथै कोही ठगी हालेमा तत्काल ठग पक्राउ गर्नका लागि पनि मन्त्रालयमा प्रहरी युनिट आवश्यक देखियो ।’

    अहिले कुनै ठगीको उजुरी आइहालेमा पनि विभागले प्रहरी कार्यालयमा पत्र लेख्ने र प्रहरी गएर छापा हान्ने लगायतका काम हुँदै आएका छन् ।

    त्यसो गर्दा ढिला हुने र अपराधी भाग्ने हुँदा मन्त्रालयमै प्रहरी युनिट राख्न जरुरी देखिएको मन्त्री श्रेष्ठले बताए । ठगीका कुनै पनि उजुरी आउनासाथ तत्काल प्रहरी परिचालन गरेर ठग पक्राउ गर्नका लागि पनि जरुरी रहेको उनको भनाइ छ ।

    त्यसका साथै, श्रमिकहरुमाथि कुनै पनि प्रकारको ज्यादति भयो भने तत्काल कारखानाहरुमा प्रहरी पुगेर ज्यादति गर्नेहरुलाई नियन्त्रणमा लिन समेत प्रहरी युनिट जरुरी देखिएको छ ।

    मन्त्रालयमा प्रहरी युनिट राख्नका लागि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको छ । अब चाँडै नै त्यसबारे फाइल अघि बढाउने तयारीमा मन्त्रालय देखिएको छ ।

  • सम्बन्धित विषय:

  • # वैदेशिक रोजगारी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology