Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेपाली कांग्रेसको महामन्त्रीमा गगन कुमार थापा र विश्वप्रकाश शर्मा विजयी

नेपाली कांग्रेसको महामन्त्रीमा गगन कुमार थापा र विश्वप्रकाश शर्मा विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १, २०७८ बिहिवार • १६:०४:०७ बजे
  • 1.3K
    SHARES
  • नेपाली कांग्रेसको महामन्त्रीमा  गगन कुमार थापा र विश्वप्रकाश शर्मा  विजयी

    नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट महामन्त्रीमा गगन कुमार थापा र विश्वप्रकाश शर्मा महामन्त्री विजयी भएका छन् ।

    images

    कुल ४६८२ मतमा गगन ३०२३ मत ल्याएका छन् भने विश्वप्रकाशले २२४६ मत पाएका छन्। तेस्रो स्थानमा प्रकाशशरण महत रहेका छन् । उनले अहिलेसम्म १५५० ल्याएका छन् ।

    त्यस्तै अर्को प्रत्यासी प्रदिप पौडेलले १४०९ मत लइाएका छन् । भने मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०७ मत ल्याएका छन् ।

    थापाले अहिलेसम्म ल्याएको मत कांग्रेसको महाधिवेशनको सबैभन्दा बढी अर्थात् लोकप्रिय मत हो । उनले सभापति शेरबहादुर देउवालेभन्दा बढी मत भएका छन् । महाधिवेशनमा कुल मत ४६७९ खसेको छ ।

    उनीहरु विजयी भएको घोषणा गर्न भने बाँकी छ । सबै मतपरिणाम आएपछि निर्वाचन आयोगले उनीहरुलाई विजयी घोषणा गर्ने छन् ।

  • सम्बन्धित विषय:

  • # नेपाली काँग्रेस
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology