Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

संसद नियमित चल्न दिनु पर्छ :भीम रावल

संसद नियमित चल्न दिनु पर्छ :भीम रावल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १, २०७८ बिहिवार • १८:१६:२५ बजे
  • 751
    SHARES
  • संसद नियमित चल्न दिनु पर्छ :भीम रावल

    नेकपा एमालेका वरिष्ठ नेता डा. भीम रावलले टुट फुटले कुनै पनि पार्टीलाई फाइदा नहुने बताएका छन् ।

    images

    राजनीतिक दलमा आउने फुटले अस्थिरता र बाह्य देशको हस्तक्षेप बढ्दै जाने उनको भनाइ छ ।

    अछाम सदरमुकाम मंगलसेनमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता रावलले कम्युनिस्ट आन्दोलन टुट फुट गराउन कतिपय ब्यक्ति जिम्मेवार भएकाले सबैले सोच्नुपर्ने बेला आएको बताए ।

    २०५४ सालमा पार्टी फुट्दाको पीडा एमालेले भोगेकाले आफू फुटको पक्षमा नरहेको बताए । देशको हितका लागि अझै पनि कम्युनिस्टहरु एक ढिक्का भएर अघि बढनुपर्नेमा उनले जोड दिए ।

    पार्टीभित्रको विधि पद्धतीप्रति संकेत गर्दै पार्टीभित्रको अराजकता अन्त्य हुनुपर्ने उनको सुझाव छ ।

    हालैमात्र पार्टीको १०औँ महाधिवेशनबाट नयाँ नेतृत्व आएकाले ओली नेतृत्वको पार्टी पंक्तिको परीक्षाको दिन सुरु भएको रावलले बताए । नेता रावलले संसद नियमित चल्नुपर्नेमा जोड दिए ।

    सरकारका नियमित कामकारबाही चलिरहने गरी सदन अवरुद्ध गर्नुको कुनै अर्थ नरहेको बताए । सदन अवरुद्ध गर्नुले यतिबेला कुनै षड्यन्त्रको खेल भइरहेको उनको आशंका छ ।

  • सम्बन्धित विषय:

  • # भीम रावल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology