Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

कांग्रेस महामन्त्रीमा तीन डाक्टर पराजित

कांग्रेस महामन्त्रीमा तीन डाक्टर पराजित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १, २०७८ बिहिवार • १८:१९:५२ बजे
  • 841
    SHARES
  • कांग्रेस महामन्त्रीमा तीन डाक्टर पराजित

    कांग्रेस महामन्त्रीमा तीन डाक्टर पराजित भएका छन् ।

    images

    दुई महामन्त्रीका लागि २७ मंसिरमा भएको निर्वाचनको बिहीबार सार्वजनिक परिणामअनुसार तीन डाक्टर उम्मेदवार पराजित भएका हुन् ।

    महामन्त्रीमा उम्मेदवारी दिएका तीन डाक्टरमा डा.प्रकाशशरण महत, डा.मिनेन्द्र रिजाल र डा.राजाराम कार्की पराजित भएका कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

    उनका अनुसार महतले एक हजार ५५६, रिजालले ८०९ र कार्कीले १०६ मत ल्याएर पराजित भएका हुन् ।

    उनीहरूसँगै प्रदीप पौडेल पनि एक हजार ३९३ मत ल्याएर महामन्त्रीमा पराजित भए ।

    महामन्त्रीमा गगनकुमार थापाले तीन हजार २३ मत र विश्वप्रकाश शर्माले एक हजार ९८४ मत ल्याएर निर्वाचित भएका छन् । संयोजक घिमिरेका अनुसार निर्वाचनमा कुल चार हजार ६८२ मत खसेकोमा ४३ मत बदर भएको छ ।

  • सम्बन्धित विषय:

  • # कांग्रेस महामन्त्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology