Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

ओलीलाई कुर्सी भुल्न निकै कठिन भइरहेको छः पञ्चा सिंह

ओलीलाई कुर्सी भुल्न निकै कठिन भइरहेको छः पञ्चा सिंह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १, २०७८ बिहिवार • १९:३१:३६ बजे
  • 559
    SHARES
  • ओलीलाई कुर्सी भुल्न निकै कठिन भइरहेको छः पञ्चा सिंह

    अखिल(क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले सत्ता छाड्नुपर्दाको पीडाले प्रचण्डविरुद्ध केपी ओलीले आक्रोस पोखिरहेको आरोप लगाएकी छिन् ।

    images

    अखिल (क्रान्तिकारी)कैलालीद्वारा बिहीवार बिरेन्द्र बहुमुखी क्याम्पस टिकापुरमा आयोजित संगठन सुदृढिकरण अभियानको उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्ने क्रममा नेतृ सिंहले एमाले अध्यक्ष ओलीमाथी यस्तो आरोप लगाएकी हुन ।

    ‘केपी ओली दुइ–दुइ पटक संसदको हत्या प्रयास गर्दा पनि सत्ताको आयु लम्ब्याउन नसकी कुर्सी छाड्नु पर्दाको पिंडा भुल्न नसकेर प्रचण्डमाथी बिष बमन गरिरहेका छन् ।

    उनलाई साँढे तिन बर्षको बालुवाटार बसाइ भुल्न निकै कठिन भइरहेको छ ।’ उनले भनिन् । गणतन्त्रका लागी भएको संघर्षमा केपी ओलीको भुमीका माथी थप टिप्पणी गर्दै नेतृ सिंहले आगाडी भनिन् ‘निरंकुशता विरुद्धको निर्णायक लडाईमा केपी लओीको भुमिका के थियो ? नेपाली राजनीतिमा वयलगाडा के हो नेपाली जनतालाई राम्रोसँग थाहा छ ।’

    पछिल्लो समय केपी ओलीले प्रचण्डमाथी सार्वजनिक रुपमा तिखो टिप्पणी गर्दै आएका छन ।

    केहि दिनअघि उनले ज्ञानेन्द्रसँग ५ बुँदे गोप्य सम्झौता गरेको तथा शेयर कारोबारीबाट चन्दा नपाएपछि पुँजीबजारमाथी गलत अभिब्यक्ति दिएको आरोप लागाएको सन्दर्भलाई प्रतिवाद गर्दै अध्यक्ष सिंहको यस्तो भनाई आएको हो ।

  • सम्बन्धित विषय:

  • # ओलीलाई कुर्सी भुल्न
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology