Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

२४ घण्टामा अमेरिका र बेलायतमा कोरोना संक्रमण ह्वात्तै बढ्यो

२४ घण्टामा अमेरिका र बेलायतमा कोरोना संक्रमण ह्वात्तै बढ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २, २०७८ शुक्रवार • ०९:४३:४२ बजे
  • 919
    SHARES
  • २४ घण्टामा अमेरिका र बेलायतमा कोरोना संक्रमण ह्वात्तै बढ्यो

    एजेन्सी । अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

    images

    त्यहाँ एकैदिन १ लाख ४४ हजार ८७१ नयाँ संक्रमित भेटिएको वर्ल्डोमिटरले जनाएको छ । त्यसैगरी बेलायतमा दैनिक कोभिड संक्रमितको संख्या अहिलेसम्मकै उच्च देखिएको छ ।

    पछिल्लो २४ घन्टामा ८८ हजार ३७६ जना नयाँ संक्रमित भेटिएका छन् । यो बेलायतमा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च संक्रमितको संख्या हो ।

    कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएसँगै बेलायतमा दैनिक संक्रमितको संख्या दिनहुँ बढिरहेको छ ।

    बेलायतमा कोभिडका कारण आगामी पाँच महिनामा कम्तिमा ५० हजारदेखि बढीमा ७५ हजार जना मानिसको मृत्यु हुन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरुले चेतावनी दिएका छन् ।

    संक्रमण तीव्र फैलिएको भन्दै सावधानी अप्नाउन प्रधानमन्त्री बोरिस जोनसनले आह्वान गरेका छन् । नयाँ भाइरसको संक्रमण बढेसँगै सरकारले १८ वर्षदेखि माथिका सवैलाई बुस्टर डोज दिने तयारी गरेको छ ।

    करिब ६ करोड ७० लाख जनसंख्या भएको बेलायतमा कोभिडबाट अहिलेसम्म एक करोड १० लाख संक्रमित भएका छन् । कोभिडबाट एक लाख ४७ हजारको मृत्यु भइसकेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology