Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ब्रिटेनको वायु सेनाले खसाल्याे ‘शत्रु’ पक्षको ड्रोन

ब्रिटेनको वायु सेनाले खसाल्याे ‘शत्रु’ पक्षको ड्रोन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २, २०७८ शुक्रवार • १२:११:०५ बजे
  • 571
    SHARES
  • ब्रिटेनको वायु सेनाले खसाल्याे ‘शत्रु’ पक्षको ड्रोन

    एजेन्सी । ब्रिटेनको रोयल एअर फोर्सको टाइफुन जेटले सिरियामा शत्रुपक्षको एउटा ड्रोनलाई खसालिदिएको बिबिसीले छ ।

    images

    झण्डै ४० वर्षअघिको फोल्कल्याण्ड युद्धयता पहिलोपटक ब्रिटिश सेनाले शत्रुको विमानलाई निशाना बनाएको हो ।

    ब्रिटेनको रक्षा मन्त्रालयले दक्षिणी सिरियामा इस्लामिक स्टेटविरुद्ध लडिरहेका गठबन्धन सैनिकहरूलाई जोखिम उत्पन्न गराएको भन्दै उक्त ड्रोन खसालिएको बताएको छ ।

    कुन विपक्षी समूहले ड्रोन चलाएको थियो भन्नेबारे भने उसले खुलाएको छैन । ब्रिटेनले साइप्रसस्थित आफ्नो अखडाबाट नियमित गस्तीमा रहेका दुईवटा एफजीआर फोर जेटलाई मङ्गलवार एउटा सानो ड्रोनमाथि अनुसन्धान गर्न आदेश दिएको थियो ।

    पाइलटहरूले त्यसलाई पहिचान गरे र आकाशबाट छोटो दुरीमा प्रहार गर्न मिल्ने क्षेप्यास्त्रको प्रयोग गरेर खसालिदिए । सो घटना इराक नजिकैको सीमा क्षेत्रमा भएको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # ‘शत्रु’ पक्षको ड्रोन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology