Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

घनश्याम भुसाल,गोकर्ण विष्ट र योगेश भट्टराईको वरीयतामा परिवर्तन

घनश्याम भुसाल,गोकर्ण विष्ट र योगेश भट्टराईको वरीयतामा परिवर्तन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २, २०७८ शुक्रवार • १२:४६:५५ बजे
  • 1.1K
    SHARES
  • घनश्याम भुसाल,गोकर्ण विष्ट र योगेश भट्टराईको वरीयतामा परिवर्तन

    नेकपा (एमाले)ले १९ पदाधिकारी पछिको पहिलो वरीयतामा घनश्याम भुसाल परेका छन् ।

    images

    १९ पदाधिकारीसहित ४५ जनाको स्थायी कमिटीमा भुसाल २०औँ वरीयतामा छन् ।

    उनी नवौँ महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित भएका थिए । दशौँ महाधिवेशनमा उपाध्यक्षको उम्मेदवार बनेका थिए । तर, उनी निर्वाचनमा पराजित भएका थिए ।

    भुसाललाई ओलीले सक्रिय जिम्मेवारी भने दिएका छैनन् । उनलाई अर्थ तथा योजना विभागको प्रमुख बनाइएको छ । भुसाल आफू स्कुल विभागमा बस्न चाहेका थिए ।

    यस्तै, एमालेले दशौँ महाधिवेशनबाट निर्वाचित ७ सचिवको वरीयतामा परिवर्तन गरेको छ । एमालेले गोकर्ण विष्ट र योगेश भट्टराईको वरीयता बढुवा गरेको हो ।

    यसअघि छविलाल विश्वकर्मा, रघुवीर महासेठभन्दा पछि राखिएका उनीहरुलाई अहिले अगाडि पारिएको हो । अन्य भने साविक नै छन् ।

  • सम्बन्धित विषय:

  • # वरीयतामा परिवर्तन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology